पाँचखालका वडा अध्यक्षले५० प्रतिशत छुटमा वडाबासीलाई कोरोना विमा गराउँदै

  •   काभ्रे
  •   १४ भाद्र २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

पाँचखालका वडा अध्यक्ष५० प्रतिशत छुटमा कोरोना विमा गर्न सिफारिस दिन थालेका छन् ।

भाद्र १४गते ,पाँचखाल

कोरोनाको महामारी चलिरहेको वेलामा वडाबासीहरुको स्वास्थ्यलाई ख्याल गर्दै पाँचखाल नगरपालिका वडा नं २, ३, ४,५ र ९नं वडा अध्यक्षहरुले ५० प्रतिशत छुटमा कोरोना विमा गर्न सिफारिस दिन थालेका छन् ।
रु १ लाखको विमाङ्क बराबरको विमा गर्न रु ६०० आवश्यक पर्ने भएपनि वडागत हिसावमा सिफारिस लैजाँदा ५० प्रतिशत अर्थात ३०० रुपैयामानै कोरोना विमा हुनेछ । पाँचखाल नगरपालिका वडा नं २ का अध्यक्ष हरि खतिवडा, वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारी, वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा। वडा नं ५ का अध्यक्ष बालकृष्ण सापकोटा र वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले न्यून आय स्तर भएका तथा आर्थिक अवस्थाकै कारण कोरोना विमा गर्न नसक्ने परिवारका सदस्यहरुको लागि सहयोग पुग्ने बताउनुभयो । वडा नं ९ का अध्यक्ष श्रेष्ठले शुरु गर्नुभएको विमा कार्यक्रम अन्य वडामा समेत शुरु भएको छ ।

पाँचखाल वडा नं ४ का वडा अध्यक्ष लामाले वडा भित्र रहेका अति विपन्न, एकल विधवा महिलाको हकमा आफ्नो व्यक्तिगत खर्चमा निशुल्क विमा गरिदिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *