परिस्थिति
एकै किसिमको अनुहारले महिनौँ दिनसम्म मलाई नै गिज्याइ रहेछ
अस्तिसम्म बनेका गगनचुम्बी सपनाहरुलाई किताब आफैँसँग पोको पार्दै छ
भित्ताको घडीले त आजकल किन अस्थिर भन्दै अल्छी गर्दै चलिरहेछ
थाहा छैन यहाँ कसलाई कतिखेर आफ्नै फोक्सोले शरीरलाई दिन बिर्सिने छ
मेरा नयाँ उपन्यास लेख्न लिएका चिल्ला कापिहरु
किताबहरू र्याक बाट ठूलाठूला आँखा पार्दै हेरिरहेछन्
रूखहरू हाम्रो किरिया सकिएको छैन भन्दै बर्खाको भेलको माटो समात्न आनाकानी गर्दै छ
आगनमा बेजोड सँग फुलेका फुल हरु आश्चर्य मान्दै प्रश्न प्रहार गर्र्देैछ
तिमी आजकल किन फुल्नै छाड्यो भनेर???
बुढा बाबु आमाको प्रेसर सुगर का औषधि सकिए भन्दै कराउँदै हुनुहुन्छ
ती रित्तिएका खोल हरुले मेरो परिस्थितिमाथी प्रश्न उठाउदैछन्
एकै बिहान कोइलीले कोहो नभनी घरमै बस है भन्दै चेतावनी दिँदै छन्
मेरा घरका यावत समस्याहरु झन झन बिकराल बन्दैछन्।।
हुनेखानेहरु लाई त के भो र ,,
गरीबहरु निला ओठ गर्दैभोकलाई पानीले निल्दै छन्
पूर्वदेखि पश्चिम जादै गर्दा उनीहरुलाई आफ्नै टाउकोको भारी ले गिज्याईरहेछ
सुनेनै कि के हो सरकार तिनीहरु तिमीसँग भोक निल्ने अाेखति माग्दैछ??
खै आकाश पनि आजकल बहुतै रिसाए जस्तो लाग्दैछ मलाई
कहिले प्रचण्ड गर्मीले तन मन शरीर पोल्दैछ
कहिले भिषण असिनाले अनाज दाना सबै शाखा पार्दैछ
खै म बुझ्नै सकेकी छैन प्रकृति किन हामीमाथि यसरी अाईलाग्दै छ ??
अस्तिसम्म यो आधुनिक शैलीको मेरो घर, मलाई अाेधि मनपर्थ्यो
एक्कासी आजकल साथै थुनिने जेल जस्तै लाग्दैछ मलाई
हे र त बाहिर खुल्ला शान्त र उज्यालो छ सबैतिर
तारा किन ठप्प स्थित र अन्धकार लाग्दै हामीलाई ???
प्रकृति उत्तर लेख्दै छ रे मेरो प्रश्नको
शताब्दीयौंदेखि प्रकृतिलाई छिया-छिया पार्दै आयो र हामीले
प्रकृतिका शान वन्यजन्तु र पशुपन्छीलाई मारेर खायौं रे हामीले
अब त अति भो भन्दै
माटो सुर्य पानी बैठक बसेर सुस्म भाईरस जन्म दिए
हामी आफ्नै कर्म को उपज उपजले यसरी दुख पाउँदै छौ रे।
थाछैन प्रकृति हामीसँग कति रुष्ट बन्दै छ
अन्यमा त जीवन ढोका थुनेर दिनहरू बित्दै छ
आशा गरौ एकपटक फेरि प्रकृतिले हामीलाई मौका दिनेछ
यो विषम परिस्थिति चाडै निर्मूल बन्नेछ ??

अमृता शर्मा
चितवन