
काभ्रेपलान्चोक जिल्ला पनाैती नगरपालिकाकाे प्रहरी चाैकीले हाेली पर्वलाई सुरक्षित र मर्यादित बनाउन सुरक्षा रणनीति सहितकाे पर्चा जनसमुदायमा वितरण गरिनुका साथै माईकिङ समेत गरेकाे छ ।
एक अर्काको इच्छा र स्वीकृत बेगर जबरजस्ती लोला हान्ने, रङ्ग दल्ने,प्लाष्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने, महिला, बालबालिका लगायत बाटोघाटोमा हिड्ने यात्रु व्यक्तिहरुलाई अनावश्यक दुःख हैरानी दिने जस्ता कार्य गरेको पाइएमा त्यस्ता व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानून बमोजिम कडा कारावही गरिने सुरक्षा रणनीतिमा उल्लेख छ ।
हाेटल ,रेस्टुरेन्ट ,खाद्यान्न पसल,कपडा पसल ,मेडिकल ,बसपार्कका यात्रुजन ,फुटपाथका व्यापारी ,हिडडुल गर्ने सर्वसाधारणलाई प्रहरी चाैकी पनाैतीका प्रमुख नायव निरिक्षक(सई) सन्ताेष बानियाले जनहितमा जारि सुरक्षा रणनितिकाे प्रंचा वितरण गर्दै सबैलाई सचेत र सुरक्षित ढंगबाट हाेली पर्व मनाउन अाग्रह गर्नु भएकाे छ ।
होली पर्वको बाहानामा चन्दा माग्ने, गुण्डागर्दी गर्ने, अवैध रुपमा जुवातास खेल्ने/खेलाउने जस्ता कार्यलाई नियन्त्रण गर्नको लागि त्यस्ता स्थानहरुको पहिचान गरी सूचना संकलन कार्यलाई तिब्रता दिई सादा पोशाकमा समेत प्रहरी परिचालन गरी त्यस्ता गतिविधिहरु भए गरेको पाइएमा पक्राउ गरी कानून बमोजिम कारवाही गरिने नायव निरिक्षक बानियाले बताउनु भयाे ।

पनौती नगरमा होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन अपनाइएका सुरक्षा रणनीतिहरू
- हालको अवस्थामा छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमण दर तिब्र रुपमा बढिरहेकोले नजिकिंदै आएको चाड फागु पूर्णिमा (होली) पर्व लगायतका चाडपर्वमा भिडभाड हुन गई छिटाे भन्दा छिटाे काेभिड १९ संक्रमण फैलन सक्ने भएकोले बढी भिडभाड नगरौं, घर बाहिर निस्कदा, यात्रा गर्दा मास्क, सेनिटाइजर र सामाजिक दुरी सम्बन्धि मापदण्ड अनिवार्य रुपमा पालना गर्न गराउन माइकिङ गर्ने।
- मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिब्र गतिमा चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने,
हेल्मेट नलगाई मोटरसाईकल तथा स्कूटर चलाउने क्षमता भन्दा बढी ओभरलोड बोक्ने र ट्राफिक नियम उल्लंघन गर्ने तथा ठूलो आवाज निकालेर वा मोडिफाईगरी सवारी साधन चलाउनेलाई पक्राउ गरी कारवाही गरिने।
- अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा चेकजाँच कडा पारिने।
- एक अर्काको इच्छा र स्वीकृत बेगर जबरजस्ती लोला हान्ने, रङ्ग दल्ने,प्लाष्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने, महिला, बालबालिका लगायत बाटोघाटोमा हिड्ने यात्रु व्यक्तिहरुलाई अनावश्यक दुःख हैरानी दिने जस्ता कार्य गरेको पाइएमा त्यस्ता व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानून बमोजिम कडा कारावही गरिने।
- होलीको बहानामा अवैध रुपमा मदिरा उत्पादन, विक्री वितरण, ओसारपसार एवं सेवन गर्ने जस्ता कार्यहरु नियन्त्रणको लागि यस कार्यालय तथा मातहत समेतबाटहोटल लज, भट्टी तथा उत्पादन हुने स्थानहरुमा कडा चेकजाँच गरी नियन्त्रण गरिने।
- बालबालिकाले घरको छतबाट पानी छ्याप्ने क्रम बढ्दै गएपछि नियन्त्रणका लागि प्रहरीले अभिभावकलाई सचेत गराउने अभियान संचालन गरिएको।
- होली पर्वको बाहानामा चन्दा माग्ने, गुण्डागर्दी गर्ने, अवैध रुपमा जुवातास खेल्ने/खेलाउने जस्ता कार्यलाई नियन्त्रण गर्नको लागि यस कार्यालय तथा मातहत समेतबाट त्यस्ता स्थानहरुको पहिचान गरी सूचना संकलन कार्यलाई तिब्रता दिई सादा पोशाकमा समेत प्रहरी परिचालन गरी त्यस्ता गतिविधिहरु भए गरेको पाइएमा पक्राउ गरी कानून बमोजिम कारवाही गरिने।
प्रहरी चौकी
पनौती, काभ्रेपलाञ्चोक