पनाैती चाैकीका ईन्चार्ज नायव निरिक्षक सन्ताेष बानिया महिनाकाे उत्कृष्ट प्रहरी घाेषित

  •   काभ्रे
  •   ७ चैत्र २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

प्रहरी कार्यालय पनाैतीका ईन्चार्ज नायव निरिक्षक (सई) सन्ताेष बानिया महिनाकाे उत्कृष्ट प्रहरी घाेषित भएका छन ।

बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म नं.-३ हेटौंडा दरबन्दी भई हाल   प्रहरी चौकी पनौतीमा  कार्यरत प्रहरी नायब निरीक्षक सन्तोष बाँनियालाई सुम्पिएको जिम्मेवारी कुशलतापुर्वक एवं प्रशंसनीय ढङ्गबाट सम्पादन  गरेका थिए ।

नेपाल प्रहरीको विभागिय मुल्य-मान्यता आदेश- निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी मिति २०७७माघ २९ गते पनौती-बनेपा चल्ने भाडाको बसमा सवार रहेका यात्रुको साथबाट नगद रु. ३लाख ५०हजार  पाकेटमारी गरेको सुचना प्राप्त  हुन साथ उक्त बस रोकी खानतलासी एवं चेकजाँच गर्दा पाकेटमारेको रकम सहित
मकवानपुर बकैया गा.पा. ६ बस्ने सरोज बल र काठमाण्डौ जिल्ला का.म.न.पा. १९ बस्ने रवि भन्ने रमिन्द्र श्रेष्ठलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएका थिए।

त्यस्तै मिति २०७७ फाल्गुन १०  गते काभ्रे जिल्ला रोशी गा.पा. वडा नं. ११ बस्ने लागु औषध मुद्धाका २ बर्ष कैद र रु. १लाख जरीवाना तोकिएका फरार अपराधी बिरेन्द्र कुमारको छोरा २५ वर्षको राजिव भन्ने मणिराज श्रेष्ठलाई विशेष सुराकीको आधारमा पक्राउ गरीजिल्ला अदालतमा पेश गर्न सफल भएका थिए  ।
वानियाले  जुवा तास ,सम्वन्धविछेद,ठगि मुद्दामा सम्लग्न फरार प्रतिवादीलाई पक्राउ गरि कानुनी दायरामा ल्याएका थिए ।

एरिया ईलाकामा निरन्तर खटिई शान्ति सुरक्षा एवं अमन चयन कायम राखि अपराधिक गतिविधिहरु हुन नदिई  उत्कृष्ट ढंगले कार्य सम्पादन गरिरहेको हुँदा  सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न प्रहरी नायव निरिक्षक सन्तोष बाँनियालाई   २०७७ साल फागुन महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH घोषणा गरि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका एस्पि भुपेन्द्र बहादुर खत्रीले प्रशंसा पत्र प्रदान गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *