
न्यायको पर्खाईमा थियौं, न्याय पायौं भन्दै सफाईमा खुशि तिमल्सीना र घिमिरे
२०७७ पौष १८ गते कालो दिनको रूपमा सावित भयो वेथानचोक गाउँपालिका वडा नं २ का अर्जुन प्रसाद तिमल्सीना र यङ्क प्रसाद घिमिरेलाई, नखाएको बिष पनि लाग्यो। पेशाले यङ्क प्रसाद घिमिरे वेथानचोक गाउँपालिकाको हलुका सवारि चालक थिए भने अर्जुन प्रसाद दुग्ध ब्यबसायि थिए। १७ गते शुक्रबार यङ्क प्रसाद घिमिरे गाउँपालिकाको सवारि साधन मर्मतको शिलसिलामा कोटेश्वरमा थिए। अर्जुन तिमल्सीना भने व्यक्तिगत कामको शिलसिलामा सातदोबाटोमा थिए। सांझ परेपछि दुवैजनाको टेलिफोनमा सम्वाद भयो र बि एण्ड बि को अगाडि रहेको होटल लुम्बिनीमा बस्ने सहमति भयो।
भेटघाट पश्चात दुवैजनाले चिया नास्ता गरे। सोहि वेला अर्जुन प्रसादको मोबाईलमा घण्टि बज्यो। त्यो घण्टि जानपहिचानको एक महिलाको थियो। केहि समय अर्जुन तिमल्सिना संग बात चित भयो ।
टेलिफोनबाट केहि रकम सापटिको लागि माग गरेका थिय। जवाफमा अर्जुन प्रसादले आफुहरू बि एण्ड बि अगाडिको होटल लुम्बिनीमा हुने र भोलि बिहान आउन भन्दै टेलिफोन राखे। सांझ ८ बजिसकेको थियो अर्जुन प्रसाद र यङ्क प्रसाद गफिदै थिय एक्कासि ती महिला आफैले होटल काउन्टरमा नाम लेखाई अर्जुन भयको कोठामा आए अर्जुन प्रसाद छक्क परे। केहि समय पछि खानपान भयो र सुत्ने तरखर गर्दा यङ्क प्रसाद लाई कोठा नं ७ सुत्न र अर्जुन प्रसाद संग आफ्नो नगद लेनदेनको गफ भयकोले ९ नं कोठामा सुत्ने भन्दै ती महिला कोठामा गय। सोहि अनुसार यङ्क प्रसाद कोठा नं ७ सुते भने अर्जुन कोठा नं ९, ती महिलाले आफुलाई रू ५० हजार जरूरी भएकोले जसरिपनि दिनको लागि अनुरोध गरिन र भोलि गफगाफ गर्ने भन्दै सुते ।
भोलि पल्ट १८ गते बिहानै ती महिलाले पुन पैसा सापटि मागे। अर्जुन प्रसादले कृषकको रकम बितरणको लागि आफुसंग रकम भयको र थप रकम नभयकोले दिन नसकिने बिषय प्रष्ट पारे। यस्तो आपत पर्दा पनि सहयोग नगर्ने यस्को परिणाम देखाई दिन्छु भन्दै महिला निस्किई। त्यतिबेला यङ्क प्रसाद भर्खरै उठेका थिय। दुवै भाइ अर्जुन र यङ्क चिया खादै बसिरहेका थिय होटलमा प्रहरि आए र यिनिहरू हो भनेर सोधे । ती महिला पनि साथै आएका रहेछन्। ती महिलाले हो भनेपछि प्रहरिले हामि दुबैलाई पक्राउ गरि प्रहरि वृत्त सातदोबाटोमा लगे। त्यहाँ तिमिहरूले जबरजस्ति करणि गरेको हो भनेर प्रहरिले सोधे मलाई त अचम्म लाग्यो छाँङ्गा बाट खसेझै भयो भन्छन् यङ्क प्रसाद । उता अर्जुन भने जबरजस्ति भयको हैन भन्छन। अन्त्यमा दुबैजनाको बिरूद्दमा जबरजस्ति करणिको अभियोगमा जाहेरी दरखास्त तयार गरि ती महिलाले पेश गरे।
हामिले प्रहरीलाई हामि निर्दोष छौं। हामिले कुनै कसुर गरेका छैनौं भनेर अनुनय विनय गर्यौं तर प्रचलित कानुन बमोजिम जाहिरि दरखास्त परेपछि मुद्दाको अनुसन्धान गरि सम्मानित अदालत समक्ष प्रहरीले पेश गर्नु पर्ने रहेछ। हामि निरिह भयौं। भगवानको नाम जप्नुको बिकल्प रहेन भन्छन यङ्क प्रसाद घिमिरे।
२०७७ माघ १४ गते थुनछेक बहस भयो पुन पुर्पक्षको लागि जेल चलानको आदेश गर्यो। जति निर्दोष भयपनि अन्तिम फैसला कुर्नुको बिकल्प रहेन भन्छन प्रतिवादी तिमल्सिना र घिमिरे।
२०७७ चैत्र ३१ गते जाहेरवालाको बयान सम्मानित अदालत समक्ष भयो । सम्मानित अदालत समक्ष जाहेरवालाले घटनाको सत्यतथ्य सहितको साबिति बयान गरे। नीजले यङ्क प्रसाद घिमिरेलाई नचिनेको र अर्जुन प्रसाद संग लेनदेनको बिषयमा वादविवाद भयको र करणि पनि विगत एक बर्ष पहिलेबाट सहमतिमा भएको बयान दिएका थिय त्यति मात्र हैन जाहेरीमा लेखिएको व्यहोरा आफ्नो नभयको र हस्ताक्षर भने आफ्नो भयको भनेका थिय। सोहि बयान, वादिपक्षको साक्षिको बखपत्र र चिकित्सकको बयान पनि जाहेरवालाको बयान संग मेल खाएको थियो।
२०७८ बैशाख ९ गते बिहीबार सम्मानित जिल्ला अदालतबाट सोहि मुद्दाको बिषयमा वादिको तर्फबाट जिल्ला सरकारि वकिलको कार्यालय बाट सहन्यायधिवक्ता र प्रतिवादिको तर्फबाट दुई विद्वान अधिवक्ताहरूले बहस गर्नु भयको थियो। सबै अधिवक्ताहरूले सम्मानित अदालत समक्ष झुटो जाहिरि दिई निर्दोषहरूलाई थुनाईएको कारणले निज जाहेरवालालाई कम्तिमा ५ हजार जरिवाना र तीनमहिना कैद र निर्दोष अर्जुन प्रसाद तिमल्सीना र यङ्क प्रसाद घिमिरेलाई सफाईको माग दावि गरेका थिए।
मिसिलमा संलग्न प्रमाण, जाहेरवाला,चिकित्सकहरूको बयान,साक्षिहरूको बखपत्र, विद्वानहरूको बहस लगायतको मुद्दाको सम्पूर्ण पक्षको गहिरो अध्ययन गरि सम्मानित अदालत बाट प्रतिवादि अर्जुन प्रसाद तिमल्सीना र यङ्क प्रसाद घिमिरेलाई सफाई र सम्मानित अदालतमा झुटो व्यहोरा सहितको जाहेरि दिने वादिलाई १ महिनाको कैद सजाय तोकि अन्तिम फैसला भयको छ। यो फैसलाले सत्यको जित भयको र न्यायको पर्खाईमा थियौ न्याय पायौं भन्दै सम्मानित अदालत समक्ष प्रतिवादिहरूले हार्दिक कृतज्ञता व्यक्त गरेका थिए।
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ