नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी शुक्रवारदेखि क्वारेन्टिनमा

  •   काभ्रे
  •   १८ श्रावण २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं श्रावण १८ गते

फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत दशरथ रंगशालामा हुने खेलका लागि तयारी गर्न राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी शुक्रवारदेखि क्वारेन्टिनमा बसेका छन् ।

फुटबल प्रशिक्षण क्वारेन्टिन र पीसीआर परिक्षणपछि मात्र सुरु हुने जनाइएको छ । उपत्यकाबाहिर रहेका खेलाडीहरु शुक्रवार सम्म राजधानी आइपुग्ने छन् । केहि दिन क्वारेन्टिनमा बसेपछि सबै खेलाडीको पीसीआर टेस्ट गरिनेछ । उपत्यकामा रहेका खेलाडीहरु भने आआफ्नै घरमा सेल्फ क्वारेन्टिनमा बस्नेछन् ।

फिफा र विश्व स्वास्थ्य संगठन डब्लुएचओले दिएको मापदण्ड अनुसार नै नियम बनाई प्रशिक्षणको तयारी गरिएको बताइएको छ । कोरोना संक्रमणका कारण स्थगित भएका खेलहरु नयाँ खेल तालिका अनुसार नेपालले दसैं र तिहारअघि आफ्नो खेल खेल्नेछ ।

छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *