नेपाल प्रहरी हुनुको पिडा ??????

के तपाईलाई थाहा छैन र?
नेपाल प्रहरीको पनि त परिवार छन्
घरमा बुढा रोगी बा आमा छन्
साना साना लालाबाला छन्
जिम्मेवारी बोकेकी जहान छिन्
यी सबैलाई छाडेर तपाईकै रक्षार्थ खटिएको नेपाल प्रहरी हो महाशय ।
के रिस तपाईलाई मात्र उठ्छ?
के हृदय तपाईको मात्र छ?
एकपटक सोच्नुस त!
प्रहरी पनि तपाईं जतिकै उत्तेजीत भए भने के होला?
प्रहरी पनि तपाईं जत्तिकै असंयमित भए भने के होला?
तपाईं सँग भएका ढुङ्गाकाटुक्राहरु प्रहरीलाई बर्साईरहदा
प्रहरी सँग भएको राईफलको ट्रेगर दबाए भने के होला?
तपाईले हानेको ढुङ्गाको टुक्राले
प्रहरीको गर्धनमा लाग्दा
तपाईं कति खुशि हुनुभो ।
तपाईलाई तपाईको जीत भएको आभाष भो है?
तपाईले हानेको ढुङ्गा नलागोस भनेर
प्रहरी कुक्रुक्क परेर प्लास्टिकको सिल्डमा छेकिदा
तपाईं झनै हौसिदै अर्को ईटाको टुक्रा प्रहार गर्नुहुन्छ ।
तपाईं स्वतन्त्र हुनुहुन्छ
स्वतःस्फुर्त हुनुहुन्छ ।
तर प्रहरीलाई तपाईं सँग प्रतिकार गर्न पनि आदेश चाहिन्छ माथीको आदेश।
प्रहरी चुपचाप तपाईले प्रहार गरेका ढुङ्गाका बर्षादहरु सहिदिन्छु
किनकिप्रहरीले तपाईलाई एक लाठी हान्दा,
मानव अधिकारको उल्लङ्घन हुन्छ।
शक्तिको दुरुपयोग हुन्छ ।
कयौ क्यामेराका लेन्सहरु मेरो अगाडि तेर्सिन्छन् ।
भिड नियन्त्रणको गरुङ्गो ड्रेसमा
हातमा लाठि र सिल्ड लिएर
तपाईले हानेका ढुङ्गा र ईटाका टुक्राहरु छेकिरहदा
तपाईले कहिल्यै सोच्नुभएन कि
प्रहरी बिहानै देखि भोको पेटमा तपाईका प्रहारहरु सहिरहेछु ।
तपाईका सुन्नै नसकिने गालीहरु सहिरहेछु ।
चुपचाप चुपचाप….
महाशय !
तपाईको बिषय अरुसँग हुन्छ
तपाईको रिस अरु सँग हुन्छ
तर त्यो रिस मलाई पोख्नुहुन्छ
थाहा छ , तपाईं कुरा बुझ्नुहुन्छ
तर बुझेर पनि बुझ पचाउनुहुन्छ ।
परार भुकम्प गयाे
भुकम्पले मेरो पुरै घर भत्कियो । प्रहरी घर जान पाईन ।
किनकि प्रहरी लाई तपाईको घरमा पुरीएका सामानहरु निकाल्नु थियो ।
पोहोर बाढी आयो
मेरो पुरै घर बाढि पसेर तहसनहस भो ।तै पनि प्रहरी घर जान पाईन ।
किनकि प्रहरीले तपाईको घरमा पसेको बाढिबाट तपाईको परिवार बचाउनु थियो ।
ईश्वर दुलाल