नेपाल प्रहरी संगठनकै उत्कृष्ट तालिम प्रदायक संस्थाको रुपमा विकास गरी गुणस्तरीय प्रहरी जनशक्ति उत्पादन गराउने /महानिरिक्षक थापा क्षेत्री

  •   काभ्रे
  •   २० मंसिर २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

प्रहरी प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट निरीक्षण पश्चात निर्देशन सम्बोधन गर्नु हुँदै ।

प्रहरी प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको वस्तु स्थितिको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा केन्द्रमा रहेका भौतिक संरचना, शाखाहरु तथा तालिमरत प्रशिक्षार्थीहरुको ब्यारेक भवन अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

निर्देशनको क्रममा प्रहरी नमहानिरीक्षक शैलेश थापा क्षेत्रीले दुर्गम स्थानमा रहेर पनि तालिम केन्द्र भित्र भए गरेका विकास तथा सुधारका कामहरु (सडक निर्माण, खानेपानी ट्याङ्की निर्माण, शौचालय निर्माण, पेरिमिटर सुरक्षा, निष्पक्ष र पारदर्शी भर्ना छनौट तथा विश्वभर फैलिएको कोरोना कोभिड-19 बाट बच्न तथा बचाउन गरिएका कार्यहरु आदि) को प्रशंसा गर्नु भयो । तालिम केन्द्र परिवारले गरे गराएका कार्यहरुलाई आगामी दिनमा समेत निरन्तरता दिन निर्देशन दिंदै प्रहरी प्रमुखले तालिम केन्द्रको विकास गर्नु गराउनु आफ्नो पनि दायित्व रहेको बताउँदै तालिम केन्द्रलाई नेपाल प्रहरी संगठनकै उत्कृष्ट तालिम प्रदायक संस्थाको रुपमा विकास गरी गुणस्तरीय प्रहरी जनशक्ति उत्पादन गराउने कार्यमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *