नेपाल प्रहरी पोसाकको दुरुपयोग भइरहेको सम्बन्धमा प्रधान कार्यलयकाे विज्ञप्ति

  •   काभ्रे
  •   २२ आश्विन २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको प्रेस विज्ञप्ति जारि भएका छ ।

विभिन्न चलचित्र, टेलिचलचित्र, सट मुभि, प्रान्क भिडियाे , सांगितिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको र यस सम्बन्धमा निम्नानुसार स्पष्ट गर्न चाहन्छौं:

१- प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्साल स्थित जनसम्पर्क तथा प्रचार- प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन चाहन्छौं ।

२- प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार- प्रसार ईकाईको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत जानकारी गराइन्छ ।

३- यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही व्यहोरा हुने समेत थप स्पष्ट पार्न चाहन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *