नेपाल प्रहरीलाई व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन गण्डकी प्रदेश :- नायव महानिरीक्षक घनश्याम अर्याल

  •   पाेखरा
  •   ९ भाद्र २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न : गण्डकी प्रदेश अन्तर्गत नेपाल प्रहरीबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसंग गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको “१वर्षेकार्ययोजना-२०७७/०७८” सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

भाद्र ९ गते,पाेखरा

गण्डकी प्रदेश अन्तर्गत नेपाल प्रहरीबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसंग गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको “१ वर्षे कार्ययोजना-२०७७/०७८” सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अर्यालले प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, दंगा नियन्त्रण प्रहरी गण तनहुँका प्रमुख प्रहरी उपरीक्षक डा. मेख बहादुर खत्री, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे साथै जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठसँग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । साथै उहाँले गण्डकी प्रदेश सशस्त्र प्रहरी गण, प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालय (नवलपरासी पूर्व, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ र मनाङ), नेपाल पुलिस स्कुल बेलचौंतारा तनहुँ, विपद व्यवस्थापन गुल्म बाग्लुङसँग समेत भीडियो कन्फेरेन्स मार्फत कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहँदै प्रहरी नायव महानिरीक्षक अर्यालले उक्त कार्ययोजनाले नेपाल प्रहरीले विगत देखी नै सम्पादन गर्दै आईरहेका विविध गतिविधिहरुलाई थप परिस्कृत, व्यवस्थित, परिणाममुखी एंव आम नागरिकका भावनालाई आत्मसाथ गर्न प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी आगामी दिनमा संगठनको सुदृढिकरण र सवलिकरणमा मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै सम्पूर्ण कार्यालयहरुले कार्ययोजना अनुरुपको कार्य-सम्पादनमा दृढताका साथ लाग्न लगाउन समेत उहाँले निर्देशन दिनुभयो ।
प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै उहाँले दिनप्रतिदिन आम नागरिकको प्रहरी प्रतिको अपेक्षामा वृद्धि भईरहेको साथै प्रहरी कार्यालय आम नागरिकको विश्वास र भरोसाको केन्द्रविन्दु भएकाले त्यहाँ आउने सेवाग्राहीलाई आचरणयुक्त, पूर्ण व्यवसायीक शिष्टताका साथ व्यवहार गर्न गराउन निर्देशन दिनुहुँदै प्रहरीबाट हुने कुनै पनि गैर व्यवासयीक, अमर्यादित र अपारदर्शिताका विषयहरु क्षम्य नहुने बताउनुभयो ।

विसम परिस्थितिमा पनि अग्रपंक्तिमा रहि कोरोना भाईरसको संक्रमणबाट आम नागरिकलाई बचाउने प्रहरी आफै संक्रमित हुँदा थप जटिल अवस्था सिर्जना हुनसक्ने र आम नागरिकमा समेत त्रासदिपूर्ण माहोल सृजना हुने भएकाले प्रहरी सर्वप्रथम आफू सुरक्षित हुने उपायहरु अपनाउँदै कार्यक्षेत्रमा खटिनुपर्ने बताउनु भयो ।

यस अघि नै संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीबाट यही श्रावण २५ गते एक कार्यक्रमका विच नेपाल प्रहरीको कार्ययोजना-२०७७ जारी भईसकेको छ । जिम्मेवारीप्रति प्रतिबद्ध, कानून कार्यान्वयनमा दृढता, प्रकृयामा सरलीकरण र पारदर्शी एवं नतिजामा उत्तरदायी बनाई नागरिक र संगठनप्रति जवाफदेही बनाउँदै सुशासन कायम गर्न सिर्जनशीलता अभिवृद्धि गर्दै नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर अभिवृद्धि गर्ने अभिप्रायका साथ कार्य-सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा, प्रहरी उपरीक्षक विनोद शिलवाल लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *