काठमाडौं, २३ असार ।राजेश तिमल्सिना
नेपाल प्रहरीले आज नयाँ आइजीपी पाएकाे छ । आज बसेकाे मन्त्रिपरिषद बैठकले सरकारले २८ औं प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ । कार्यक्षमता र वरिष्ठताका आधारमा मुल्यांकन गरी गृह मन्त्रालयले आइजीपीमा शैलेश थापा क्षेत्रीको नाम सिफारिस गरेको छ ।

भक्तपुरका स्थायी बासिन्दा शैलेश आइजीपीका प्रतिष्पर्धी हरिबहादुर पाल हुन् ।दुवै नेपाल प्रहरीमा ब्यवसायीक तथा अब्बल प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।
क्षेत्री र पाल दुवै जना २०७६ फागुन १५ गते क्रमशः दोस्रो र तेस्रो नम्बरमा एआईजी बढुवा भएका थिए ।
आइजीपी ठाकुरप्रसाद ज्ञवालीसँगै एआइजी तारिणीप्रसाद लम्साल यसै हप्ता सेवानिवृत्त हुने भएकाले थापा र पालमध्ये एक आइजीपी बन्ने निश्चित भइसकेको थियो । आइजीपीको कार्यकाल २०दखि २२महिना सम्महुनेछ ।
शैलेश थापा क्षेत्री प्रहरीको तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारी हुन् ।
प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी) मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।
नीतिगत निर्णय गर्न रूचाउने थापा शालिन प्रहरी अधिकारीका रूपमा परिचित छन् ।
एआईजी बढुवा हुनुपूर्व थापा महानगरीय प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यरत थिए । थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए । हाल उनि मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन् ।त्यस्तै थापा सुडान, पूर्वी टिमोर र बोस्निया मिसनमा समेत गएका थिए ।

शैलेश थापा क्षेत्री नेपालकाे२८ औ आईजीपी भएका छन ।थापा २०४९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए।
यसैगरी, आइजीपी नियुक्तिसँगै खाली हुने दुई एआइजीमा पनि प्रतिष्पर्धा शुरु भइसकेको छ । एआइजी बन्न निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज शाहीबीच प्रतिष्पर्धा छ ।