नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि

  •   काभ्रे
  •   ३२ श्रावण २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं, श्रावण ३२ गते

सरकारले पेट्रोलियम पदार्थको माउ फेरि बढाएको छ ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमका अनुसार ती सबैमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य बढाइएको हो ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पर्नेछ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य परिवर्तन गरिएको छैन । भारतबाट तेलको मूल्य बढेर आएकाले समायोजन गर्नुपरेको दाबी निगमका प्रवक्ता विनितमणि उपाध्यायको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *