
नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा
काठमाडौं
नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ दोस्रो साता गर्ने प्रस्ताव गरिएको छ । बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।
फागुनको महाधिवेशन असम्भव भएपछि महाधिवेशनको नयाँ मिति तोक्न दुवै पक्षबीच छलफल भएको थियो । संविधान अनुसार पनि कांग्रेसले भदौभित्र महाधिवेशन गर्नैपर्ने भएकाले सो मिति तय भएको हो ।
तर प्रस्तावमा सहमति भने भइनसकेको बताइएकाे छ । यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल गरेर बिहीबारसम्ममा टुंग्याउने कांग्रेसकाे तयारी छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए।
यससँगै केन्द्रीय कार्यसमिति लगायत सबै कार्य समितिको म्याद छ महिना थप भएको छ ।
- ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको महानिरीक्षक थापा क्षेत्रीबाट समुद्घाटन तथा निरिक्षण
- महानिरीक्षक थापा क्षेत्रीबाट नवनिर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन समुद्घाटन /रूपन्देही
- महाशाखाले शुरु गर्यो नागरिकमैत्री आचरण व्यबहार सुधार कार्यक्रम
- कलंकीका ट्राफिक प्रहरी निरीक्षक सहित १८ जना ट्राफिक प्रहरी पुरस्कृत
- ढुंखर्कमा ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न