नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आज छुट्टै बैठक बस्दै

  •   काठमाडौं
  •   २० भाद्र २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं, २० भदौ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आज छुट्टै बैठक बस्दैछ । कांग्रेसका १२ जना युवा नेताहरुसहित वरिष्ठ नेता पौडेलले जुम मिटिङ गर्न लागेको कांग्रेस नेता डा. चन्द्र भण्डारीले जानकारी दिए । १२ जना युवा नेताहरुको तर्फबाट गुरूराज घिमिरेले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ ।

त्यस्तै, पछिल्लो समय सभापति शेरबहादुर देउवाले गरेका निर्णयविरुद्ध पनि रणनीति तयार पार्ने बुझिएको छ । विधि र प्रक्रिया बाहिर गएर सभापति देउवाबाट भएका निर्णय रोक्न र खारेज गर्न आफ्नो समूहले रणनीति बनाउने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनकाअनुसार पौडेल पक्षधरको जुम मिटिङ अन्तिम श्रृंखला हो । आजको भर्चुअल मिटिङमा बढिमा २५ जना नेताहरु सहभागी हुने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *