नेपालमै यस्तो परम्परा : बच्चाको लि'ङ्गको टुप्पो काट्ने परम्परा निभाउदा शिशुको ज्यान गयो

  •   काठमाडौं
  •   ३२ श्रावण २०७६, शनिबार
  •   त्रिबेणी
0Shares

काठमाडौ । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।


इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना (लि’ङ्गको टुप्पो माथिको बाहिरी मासु का’टिने काम) गरिएपछि अत्यधिक रक्तस्रा’व भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरी खतना गर्दा अत्यधिक रक्तस्रा’व भएको र रक्तस्रा’व नरोकिएपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा बालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे विशेष अनुसन्धान गर्न तथा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी ल्याउन जिल्ला प्रहरी कार्यालयले त्यसतर्फ विशेष प्रहरी टोली पठाएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *