नेपालमा सिनेमा हलहरु बन्द हुने स्थितिमा नपुग्ला भन्न सकिदैँन् :-संजिव पाैडेल

  •   काभ्रे
  •   ४ असार २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

असार ४ बिहिबार ,काठमाडौं
विश्व काेराेना महामारिकाे चपेटामा गुर्जिएकाे छ ।लकडाउन बन्दाबन्दीले कलकारखना ,उद्योगधन्दालाई त असर पर्याे पर्याे  चलचित्रक्षेत्रलाई पनि नराम्रोसँग प्रभाव पारेको छ । यसको असर छिमेकि राष्ट्र भारतमा पनि देखिन थालेको छ । टेलिभिजनमा काम गर्ने कलाकार होस् वा, चलचित्र क्षेत्रमा काम गर्ने कलाकार दिनहुँ जसो आत्माहत्या गरेको समाचार सुनिथालेको छ । यस्तो अवस्था अहिले सम्म नेपालमा देखिएको छन् । यदि यसरीनै लकडाउन थपिने र काम गर्ने स्थिीति नहुने हो भने, भारतको त्यो स्थिति नेपालमा पनि नआउँला भन्न सकिदैन् ।


लकडाउनको कारण चलचित्रक्षेत्रमा काम गर्ने सबैलाई नराम्रोसँग प्रभाव पारेको छ । कोरोनाको कारण चलचित्र छायांकन शुरु गर्न नसकेको अवस्था छ । साथै प्रदर्शनको निम्ति सिनेमाहलहरु सुचारु खुल्ने टुङ्गो नभएको कारण चलचित्र निर्माताहरु मारमा परेको छन् । सायद यहि कारण भारतमा भटा भट चलचित्रहरुलाई डिजिटल प्लेटफर्म मार्फत सार्बजनिक गर्न थालिएको छ । अभिताभ बच्चन र आयुषमान खुराना अभिनित चलचित्र ‘गुलाबो सिताबो’ अमेजन प्राइम भिडियो सार्बजनिक गरिएको छ । यस्तै अक्षय कुमार अभिनित ‘ लक्ष्मी बम’, अनुराग बसु निर्देशित अभिषेक बच्चन, राजकुमार राव, आदित्य राय कपूर, सान्या मल्होत्रा, फातिमा सना शेख, पंकज त्रिपाठी अभिनित चलचित्र ‘लुडो’, अमिताभ बच्चन, आकाश थोसर तथा रिंकु राजगुरु अभिनित चलचित्र ‘ झुन्ड’ लगायतका थुप्र्रौ चलचित्र डिजिटल प्लेटफर्म मार्फत सार्बजनिक हुँदैछन् ।
आफुले लगानि गरेको चलचित्र सिनेमाहलमा प्रदर्शन गर्न नपाउँदा थन्किएर बसेको पैसालाई डिजिटल प्लेटफर्म मार्फत राम्रो कमाइ गर्न सकेको कारण निर्माताहरुलाई डिजिटल प्लेटफर्ममा चलचित्र प्रदर्शन गर्न लालहित देखिन्छ । डिजिटल प्लेटफर्म मार्फत चलचित्र प्रदर्शन गर्दा हल व्यवसायी तथा चलचित्र वितरकको झन्झट व्यर्होनु नपर्ने भएको कारण लकडाउन पछि पनि निर्माताहरु डिजिटल प्लेटफर्म तर्फनै आकर्षित हुने देखिन्छ । जसरी क्यासेटको विकल्प समय अनुसार परिर्वतन हुँदै युटुब सम्म आइपुग्यो । यदि हल खुल्न अनिश्चत भएको खण्डमा हलको विकल्पकोरुपमा डिजिटल प्लेटफर्मअगाडि आउँने देखिन्छ । जस्ले गर्दा बिस्तारै सिनेमाहलहरु बन्द हुने स्थिीतिमा नपुग्ला भन्न सकिदैँन् ।
नेपाली चलचित्र क्षेत्रमा लामो समय देखि हल व्यवसायी,चलचित्र वितरक तथा निर्माता बिच तनावको अबस्था देखिएको छ । हल व्यवसायी र वितरकको मिलेमत्तोमा चलचित्र निर्मातालाई डुबाउने गरेको आरोप नसुनिएको होइन् । यदि नेपालमा पनि डिजिटल प्लेटफर्म मार्फत नेपाली चलचित्र सार्बजनिक गरिएन थालिएको खण्डमा निर्माताले प्रत्यक्ष आफ्नो चलचित्र चाहेको कम्पनीलाई आफु चाहेको रकममा आफ्नो सम्पत्ति बेच्न पाउने छन् । जस्ले गर्दा बर्षौै देखि नेपाली चलचित्रमा बिचौलियाले गर्दै आएको रजाइ बन्द हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *