काठमाडौ ।

केबल टेलिभिजन सञ्चालकहरुले देशभर भारतीय टीभी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् ।
विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले दूरदर्शनबाहेक भारतीय खबर च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।बिहीबार साँझदेखि वितरकहरुले भारतीय न्युज च्यानलको प्रसारण रोकेका हुन् ।भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको भन्दै एमएसओले भारतीय खबर च्यानल बन्द गर्ने निर्णय गरेका हुन् । पछिल्लो समय भारतीय खबर च्यानलले प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेका थिए ।