नेपालमा मानविय क्षती कम भएपनि आर्थिक रुपमा वर्तमान अवस्थामा ठुलाे क्षति :-नवीन बास्ताेला

  •   काभ्रे
  •   २० जेष्ठ २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

काेभिड -१९  काेराेना महामारीकाे लकडाउन अवधिमा के के भयो ?जनसमुदायकाे विचार :-मिठाराम बास्तोला (नविन)
वेथानचोक-२
माेेवाईल व्यवसायी

कोरोना कोभिड – १९ ले विश्व समुदाय नै आक्रान्त भैरहेको परिवेशमा नेपाल पनि अछुतो रहन सकेन । आज लकडाउनको ७१ औं दिन प्राय सबैजना आ-आफ्नै घरमा सुरक्षित रूपमा बसिरहेका छन् । विश्वका केही  देशहरू विस्तारै सामान्य जनजिवन तिर फर्कि सकेका छ भने अझै धेरै देशहरु कोरोना विरुद्ध संघर्ष गरिरहेका छन्। यसले कति क्षति पुर्याउँछ र यो कहिले सम्म रहन्छ भन्ने अझै अनुमान गर्न सकिने अवस्था छैन । आजको दिनसम्म २०७७ जेठ २० गते यो लेख  तयार पार्दा सम्म एक लाख पैंतालीस हजार तीन सय पचहत्तर व्यक्ति क्वारेनटाईनमा रहेकाे र नेपालमा २०९९ जना संक्रमित भैसकेका छन त्यसमध्ये ८ जनाको मृत्यु भएको छ भने २६६ जना पुर्ण रूपमा निको भएको छ ।
कोरोना नियन्त्रणको लागि स्थानीय निकायले के कस्ता कदम चालेको छ भन्ने बिषयमा मलाइ प्राप्त जानकारी अनुसार बेथानचाेक गाउँपालिकाको वडा नं २,३ र ४ ले कोरोना संक्रमण सचेतनाको पम्पलेट, साबुन,सिटामोल र जिवनजल जनताको घरघरमा उपलब्ध गराएको थियो ।रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारतमा गएकाहरू कोरोनाको प्रकोपका कारण  स्वदेश फर्किएका १८ जना लाई  वेथानचोक वडा नं ६ र २ को क्वारेन्टाइनमा राखियको थियो। उहाँहरूको PCR  जाँच गरि कोरोना संक्रमित नदेखिए पछि उहाँहरुलाइ स-सम्मान जेष्ठ १९ गते घर  फर्काइएको छ । बेथानचोक गाउँपालिका  प्रवेश गर्ने वडा नं ४ को नाकामा  बाहिर बाट आउनेहरुको निमित्त हेल्थ डेक्स पनि स्थापना गरेको छ । बेथानचोक गाउपालिकाले कोभिड-१९  नियन्त्रणको लागि यि यस्तै कार्य गरेको पाइन्छ ।
लकडाउनको दुई महिना बितिसक्दा पनि सरकारले यसको विकल्प के हुन्छ भन्ने निर्णय गर्न सकेको छैन । हरेक पटक समयावधि सकिन लाग्दा यसलाई लम्ब्याउने तर अन्य वैकल्पिक उपायहरू के हुन सक्छन् भन्ने खोजी नगर्ने सरकारी रवैया जारी छ । RDT को क्षमता,विश्वसनीयता र गुणस्तरमा प्रश्न उठिरहेको र विज्ञ तथा सरोकारवालाले समेत यो उपयुक्त नभएको भनिरहेका बेला सरकारको RDT मा देखिएको जोडबल केका लागि ?कसका लागि ? भन्ने प्रश्नहरू जनजनको जनजिब्रोमा छ।
विश्वको शक्ति सम्पन्न मुलुकहरू त अत्तालिएको अबस्थामा नेपालीहरूले संयमता अपनाउनु सरकारको लागि ठुलो सहयोग हो भन्ने मलाई लाग्दछ।
विश्वका अरु देशको तुलनामा नेपालमा मानवीय क्षति न्यून छ । हाम्रो देशको मानविय क्षती कम भएपनि आर्थिक रुपमा ठूलो क्षति वर्तमान अवस्थामा ब्यहोर्न पुगेको छ भने यसको प्रभाव दिर्घकालिन रूपमा पर्ने देखिन्छ। मुलुक करिब १० वर्ष पछाडी धकेलिने अनुमान अर्थ विज्ञहरूले लगाइरहेका छन्।

म एक मोवाइल व्यवसायी हु । Huawei,Intez,DTC जस्ता कम्पनीको निश्चित क्षेत्रको मोबाइल बितरक पनि हु । यहाँ मेरो सेरोफेरोमा ३ जना कर्मचारी र मेरो अर्को एक मोबाइल पसल कोटेश्वरमा छ।  कोटेश्वरको पसलमा म थोरै समय दिन्छु भने दाइ नमराज बास्तोलाले भने पुरै समय उक्त पसलमा दिनु हुन्छ। पसलमा ४ जना कर्मचारी छन सङ्गै एक तयारी पोसाकको पसल पनि छ यी सबैमा गरेर हामी ९ जना कार्यरत छौ ।

यतिका दिनको लकडाउनले व्यवसाय संचालन गर्न नपाउदा कर्मचारी तलब, सटरभाडा, बैंक व्याज,व्यबसाय कर आदि इत्यादीको कारणले निक्कै ठूलो आर्थिक मारमा पर्ने निश्चित छ । संगै कोरोनाको डर त्रास त छदैछ ।
लकडाउनको केही दिन त घरपरिवारमा संगै बस्दा निक्कै रमाइलो पनि भयो तर अब चाहिँ के गर्ने कसो गर्ने भन्ने छटपटी पनि छ । यो लकडाउनको समयमा परिवार संग अहिले सम्मकै पहिलो पटक यति धेरै समय दिएको अनुभूति भैरहेको छ।साथै कौशीमा तरकारी खेती र ओजन बढन नदिन दैनिकी शारीरिक व्यायम ,केही किताबहरु अध्ययन गर्ने काममा समय बिताईयो।  यस अवधिमा online training ,online meeting हरुमा सम्पन्न गरियो । बिशेष गरि केही हप्ता देखि बेथानचोक -२ ढुंखर्क  स्थिति आफु पढेको बिध्यालयको पुर्व विद्यार्थीहरुको एक समूह (श्री पार्वती एल्मुनाई  एसोसिएसन ) लाई पुनर्जिवित गर्ने उद्देश्यले एक जुम बैठकको आयोजना गरियो। गाउँपालिका अध्यक्ष, पुर्व प्र अ, बर्तमान प्र अ, पुर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, वर्तमान बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष, शिक्षक वर्ग, देश विदेशमा रहनुभएका विध्यालयका पुर्व बिद्यार्थी (नेपाल सरकारका सहसचिव, पत्रकारहरू,बैङ्कर्स, समाजसेवी र राजनिति कर्मि) संग  ४ घण्टा सम्मको लामो बैठक गरियको थियो।पुर्व विद्यार्थीहरूको साझा संस्था श्री पार्वती एल्मुनाई एसोसिएसन लाई पुनर्जिवित गरि नयाँ नेतृत्व चयन र दलिय राजनिति मुक्त संस्थाको रूपमा बिकास गर्ने प्रतिबद्धता सहित यो बैठक सम्पन्न भयको थियो।

यि सबै बिषयहरू सम्प्रेषण गर्ने अवसर दिनुभएकोमा खबरन्युजनेपाल डट कम लाई धन्यवाद ब्यक्त गर्न चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *