नेकपा काभ्रेमा पहिरो ,चौरिदेउरालीका सयौं युवाहरू नेकपा पाटी परित्याग गरि कांग्रेसमा प्रवेश

  •   काभ्रे
  •   ४ पुष २०७७, शनिबार
  •   मछिन्द्र कुमार लामा
0Shares

नेकपा काभ्रेमा पहिरो ,चौरिदेउरालीका सयौं युवाहरू नेकपा पाटि परित्याग गरि कांग्रेसमा प्रवेश

माओवादीले आफ्नो उदगम थलो मानेको काभ्रेको चौरी देउराली ५ चौरी मा नेकपा परित्याग गरि सयौं युवाहरु तथा क्रान्तिका नायकहरू कांग्रेस प्रवेश गरेका छन्। भक्तपुर गठ्ठाघर स्थित संगम पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रममा नेपाली कांग्रेस
मा प्रवेश गरेका हुन ।

कम्युनिष्ट त्यो शक्ति हो जसले राज्यसत्ताको सेरोफेरोमा नपुगे सम्म मिठा,चिप्ला र जनपक्षीय भाषणहरू द्वारा डाँडा पाखा, हिमाल,पहाड र तराई गुन्जयमान बनाउँछन्।

सोझा निमुखा जनताहरू आफ्नो सुनौलो भबिश्यको परिकल्पना गर्दै जिवनका सारा उर्वरशिल समयहरू कथित क्रान्तिमा बिताउँछन्। जिवनको उत्तरार्द्धमा सिर्फ जिवन देखिनै हार स्वीकार गर्नुको उनिहरूसंग बिकल्प रहँदैन। यि र यस्तै पात्रहरू आज हजारौंको संख्यामा गाउँ,बस्ति र शहरका गल्लीहरूमा देखिन्छ र भेटिन्छ।

जो शक्तिमा पुग्छन् तिनिहरूले हिजो बिर्सन्छन्, आज प्राप्त भयसम्मको भौतिक सुख सुविधामा लिप्त हुन्छन्। हिजोको क्रान्तिका सहयात्रिहरू लाई बिर्संदै जान्छन्। पारिवारिक मोह,आर्थिक मोह र अन्य यस्तै यस्तै नसा, सुरा र सुन्दरी को प्रकरणमा जेलको चिसो छिडिसम्म पुगेको ज्वलन्त उदाहरणहरू हाम्रो सामुन्ने नभएको हैन।

केन्द्रमा दुई तिहाईको स्पष्ट बहुमत, सबै प्रदेशको नेतृत्व र धेरै स्थानहरूको स्थानीय निकायमा भयको नेतृत्वको तीन बर्षे कार्यकालको अधिकांस समय झुटा कुरा र पदको छिनाझप्टिमा तथा पार्टीभित्र नै तिकडमबाजीमा बितेको कारण अधिकांश कार्यकर्तामा नैराश्यता श्रृजना भई बिकल्पको खोजिमा रहेको उदाहरण भरखरै चौरीदेउराली मा भयको पार्टि प्रवेश कार्यक्रमले व्यक्त गरेको छ। चौरिदेउराली गाउँ पालिकाको प्रमुख उपप्रमुख सहितको ने क पा नेतृत्वको वर्तमान गतिविधिले गाउँपालिका २० बर्ष पछाडि परेको भन्दै माटोको माया र माटोलाई बचाउन कांग्रेस मा सयौं युवाहरू प्रवेश गरेका छन्।

भक्तपुर गठ्ठाघर स्थित संगम पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रममा नेपाली कांग्रेस काभ्रे सभापति मधु प्रसाद आचार्य, उपसभापति अच्युत पौडेल, महासमिति सदस्य तथा युवा नेता गणेश लामा, प्रतिनिधि सभा क्षेत्र नं १ का क्षेत्रीय उपसभापति बिनोद गौतम, युवा नेता तथा नेपाली कांग्रेसका तर्फबाट चौरी देउराली गाउँपालिका उमेदवार बिक्रम राज गौतम, युवा नेता ज्योतिष प्रसाद भुर्तेल,सहिद पुत्र सलाम सिङ लामा,तरुण दल चौरी का अध्यक्ष भिमसेन गौतम ,सम्पर्क समिती अध्यक्ष पुन्य प्रसाद चौलागाईं युवा नेता राम शरण चौलागाईं ,सपिन्द्र गौतम लगायत नेताहरुले खादा र टीका लगाई प्रवेश गराउनु भयो ।

प्रवेश गर्ने युवा हरुमा लामो समय नेकपा माओवादी रहि काम गर्दै आएका मेघ राज चौलागाईं का पुत्रहरु प्रविण बिक्रम चौलागाईं (कुमार) ,अमर बिक्रम चौलागाईं (नारायण ) लामो समय नेकपा मा सकृय रहेका माओवादी उदगम थलो बांझे निवासी युवा हरि चौलागाईं ,बिनोद गौतम क्यौरानी , सन्तोष गौतम लगायत युवाहरु रहेका छन। चौरीमा काभ्रे माओवादीका ठुला भनियका पुर्ब जिल्ला अध्यक्ष लगायत सात जना केन्द्रिय सदस्य रहेका छन। नव प्रवेशी युवाहरुले हालका गाउँपालिका अध्यक्ष लगायत कम्युनिष्टका नेताहरु भ्रष्टाचार गर्न उधत रहेकाले आफुहरुले जनताको पक्षमा काम गर्ने र चौरी देउरालीको माटो बनाउने एक मात्र पार्टी कांग्रेस रहेकाले बेलैमा कांग्रेस प्रवेश गरेको बताउदै अरु युवाहरुलाई पनि बेलैमा कांग्रेस पार्टी मा प्रवेश गर्न आह्वान गर्नुभयो। कम्युनिष्ढट हरुको देखाउने दात र चपाउने दात फरक रहेकाले बेलैमा सचेत भई कम्युनिष्टहरुको भ्रममा नपर्न आग्रह गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *