नेकपा एमाले काभ्रेकाे १३ वटै कस्टरका प्रमुख उपप्रमुखकाे नाम सार्वजनिक

  •   काभ्रे
  •   ११ बैशाख २०७९, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

नेकपा एमाले काभ्रे जिल्ला कमिटीकाे बैठकले आगामी बैशाख ३० गतेकाे स्थानिय निकायकाे चुनावकाे लागि मेयर उपमेयर ,अध्यक्ष उपाध्यक्षकाे नाम शिफारिस गरि सार्वजनिक गरेकाे छ ।

नगरपालिका अन्तर्गत बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा, धुलिखेलको प्रमुखमा अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा, नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल, पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीमा जिताराम लामा र बबिता खरेल, बेथानचोकमा कमल तिमिल्सना र सरला लामिछाने, रोशीमा देवसागर लामा र बबिता बोहरा, तेमालमा इन्द्र तामाङ र सम्तेन लामा, खानीखोलामा डम्बर तिमल्सिना र रुकमणि गुरुङ र महाभारतमा पूर्णबहादुर वाइवा र शान्ती तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवार टुंगो लागे पनि १३ वटै स्थानीय तहमा १२ गते सोमबार उम्मेदवारी दर्ता गर्ने गरी एमालेले तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *