
आज मात्र पास बिना हिडेका ८ सय बढि साना ठुला सवारीसाधनलाई ट्राफिक प्रहरीले हाेल्ड ।
ताेकिएकाे मापदण्ड पुरा गरेर मात्रै यात्रामा निस्कन महाशाखा प्रमुखको अनुरोध ।
निषेधाज्ञा खुकुलो भएको हल्लाकाे पछाडि नलाग्न ट्राफिक प्रमुख (एसएसपी) जनक भट्टराईकाे आग्रह ।

हिजो अस्ति भन्दा सडकमा सवारीसाधनकाे चाप बढेपछि ट्राफिक प्रहरीले पनि चेकजाँचलाई उत्तिकै कडाइ बनाएकाे छ ।सवारीसाधन चाप बढेपछि चेकजाँच कडाइ हुदा काठमाडौका विभिन्न ठाउँमा लामै जाम समेत भएको थियोे ।तर बाहिर हल्ला जस्तो निषेधाज्ञा पुरै खुकुलो भने भएको हाेइन ।केही निश्चित क्षेत्रलाई मात्रै खुकुलो बनाइएको हाे ।खुकुलो भएको हल्लामा पास विना र निषेधित गरिएका सवारीसाधन सडकमा आएपछि ट्राफिक प्रहरीले हाेल्ड गर्नु परेको छ ।
सवारीको चाप बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा चेकजाँचलाई थप कडा पारिएको जानकारी दिएको छ। त्यस्तै आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरू तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकिङमा थप कडाइ गरेको छ। महाशाखाले दिनमा ७५ स्थान र रातमा ३५ स्थानमा चेक प्वाइन्ट राखी सवारी साधनहरू चेक गर्ने व्यवस्था मिलाएको छ। भित्री एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ ।