निषेधाज्ञामा भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै युवा व्यबसायी तथा समाजसेवी सरोज बराल

  •   काभ्रे
  •   २८ बैशाख २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

कोभिड–१९ का कारण भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै युवा व्यबसायी तथा समाजसेवी सरोज बराल

कुनै पनि नेपाली नागरिक भोकै बस्नु नपरोस भन्ने उद्देश्यका साथ समाजसेवी सरोज बरालले निःशुल्क खाना खुवाउने आज ९ औं दिन कोरोनाको कारणले भोकमरीको चपेटाले सडक पेटिमा निस्किन बाध्य भएका कयौं आमाहरू सँग आमाको मुख हेर्ने विशेष दिन अर्थात माता तिर्थ औशींमा शेयर गर्न पाएकोमा धेरै खुशी भएको व्यक्त गर्नु भयो ।

महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुर सातदोबाटोका ट्राफिक प्रहरी प्रमुख नरेश बहादुर शाहीकाे विशेष अगुवाइमा ललितपुरकाे महालक्ष्मी थान मन्दिर अगाडि असहाय तथा सडक व्यक्तिहरुलाई निःशुल्क रुपमा खाना खुवाइएको हो । आज बिहान १० बजेदेखि सुरु गरिएको खाना वितरण कार्यक्रममा १५० भन्दा बढी व्यक्तिहरुलाई खाना, मास्क तथा खानेपानी वितरण गरिएको थियो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै यस्तो लकडाउनको समयमा दैनिक ज्यालादारी काम गरेर जीवन चलाउँदै आएका मजदूर, मिर्गौला पीडित, पाटी पौवामा बस्ने असहाय मानिसहरु, बृद्ध बृद्धा लगाएतरोजगारी नपाएको तथा दैनिक जिवनयापनमा समेत अप्ठ्यारो परिस्थिति आएको भन्दै निःशुल्क खानेकुरा वितरण गरेका हुन् ।

निषेधाज्ञाको समयमा आर्थिक अभावका कारण कोही पनि भोको नरहुन् भन्ने उद्देश्यले निःशुल्क खाना वितरण सुरु गरिएको व्यबसायी तथा समाजसेवी सरोज बरालले बताए । गुणस्तरियता खाना प्रदान गरेका छौँ । यसलाई निरन्तरता दिन्छौँ ।

सरोज बराल भन्छन्–हामी ठुलो व्याबसायी हैनौँ तर पनि मानविय धर्म निर्वाह गर्नु पर्छ भनेर आफ्नो तर्फबाट कत्ति सकिन्छ सहयोग गर्नु पर्दछ भन्ने उद्देश्यले खाना तथा आवश्यक अन्य सामाग्री निःशुल्क रुपमा वितरण गरिएको बताए । यस विषम परिस्थितीमा कसैको भोको पेट देख्न नपरोस् भनेर हामी कोरोना कहर भरिका लागि आफ्नै खर्चमा खाना खुवाउने कार्यक्रम सुरु गरेका बताए ।

ब्यक्तिगतरुपमा निशुल्क भोजन वितरण गर्दै आउनु भएका समाजसेवी बरालले दैनिक साढे दुईसय देखि तीनसय जनालाई भोजन खुवाउने गरेको जानकारी दिनुभयो । सो स्थानमा भोजन ग्रहण गर्न टाढाबाट आउने गरेका छन् । भोजन ग्रहण गर्न जावलाखेल, बल्खु, कालिमाटी, गौशाला र रत्नपार्क लगायतका क्षेत्रबाट सर्वसाधारण आउने गरेका छन ।

साथै नि.शुल्क खाना वितरण कार्यलाई सहजीकरण बनाईदिनु हुने महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुर सातदोबाटोका ट्राफिक प्रहरी प्रमुख नरेश बहादुर शाही र प्रहरी हवल्दार इश्वर प्रशाद बन्जरा विशेष धन्यवाद समेत दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *