
निशुल्क गुर्जो वितरण गरेर चौतर्फी चर्चा कमाउदै बनेपाका मुक्ति विष्ट
काभ्रेपलान्चोक –
निशुल्क गुर्जो वितरण गर्दै आउनुभएका अभियानकर्ता मुक्ति विष्ट यति बेला चौतर्फी चर्चा कमाउन सफल हुनु भएको छ । उहाँ देशका विभिन्न ठाउँ जिल्लाहरुमा पुगेर निशुल्क गुर्जो वितरण गरेर चर्चा कमाउनु भएको हो ।
उहाँ यसरी निशुल्क गुर्जो वितरण गरेर चर्चामा आए पछि विभिन्न संघ संस्था बाट सम्मानित हुनु भएको छ । भने उहाँ उक्त कार्यलाई धेरै ब्यक्तिहरुले प्रशासन योग्य काम भनेका छन । यो जो कोहि ब्यक्तिले गर्ने नसक्ने काम हो । तर पनि बनेपाका मुक्ति विष्टले गरिरहनु भएको छ ।

उहाँले विहिवार यातायात कार्यालय भक्तपुरमा गुर्जो वितरण गर्नुभएको छ । यातायात कार्यलय भक्तपुर जगातीका कार्यलय प्रमुख शशिशंकर मर्हजन मार्फत सम्पूर्ण कर्मचारी तथा सेवा ग्राहीहरुलाई गुर्जो वितरण गर्नु भएको हो ।
विष्टले आज पनि विभिन्न मानवअधिकारकर्महरुलाई गुर्जो वितरण गर्नुभएको छ ।इन्सेकका कार्यक्रम प्रमुख गणेश भण्डारी सिन्धुपाल्चोक प्रतिनीधि नातीवावु धिताल, काभ्रे प्रतिनीधि हिरामान लामा,इन्सेक बाग्मती प्रदेशकका संयोजक कृष्ण गौतम लगायतका मानवअधिकारकर्मीलाई आज गुर्जो हस्तान्तरण गरिएको विष्टले बताउनुभयो ।

विष्टले आजै चलचित्र कलाकार संघका अनुशासन आयोगका केन्द्रीय सहसंयोजक तथा बरिष्ठ कलाकार मुकुन्द थापा मार्फत विभिन्न महानुभावलाई गुर्जो पठाइएको जानकारी दिनुभयो । हालसम्म ७ हजार केजीभन्दा बढि गुर्जो निशुल्क बाडिसकिएको उहाँले बताउनुभयो ।

निशुल्क गुर्जो वितरण गरिरहनुभएका उहाँले विविध नर्सरीको सहयोगमा बेर्ना तयार गरी वितरण गर्ने योजना बनाइएको बताउनुभयो । अभियानका लागि डाबर नेपाल लगायतका बहुराष्ट्रिय कम्पनीले समेत प्रशंसा गरेको बताउँदै उहाँले डाबर नेपालले आफूलाई गुर्जोको विरुवा राख्न सहयोग गर्ने प्रतिबद्घता गरेको बताउनुभयो ।
- BREKING NEWS
- TRENDING NEWS
- Uncategorized
- अन्तरवार्ता
- अन्तराष्ट्रिय
- अपराध्
- अर्थ
- खेलकुद्
- ब्लग
- मनोरन्जन्
- मुख्य
- राजनिती
- राशिफल्
- समाचार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ