नायव उपरिक्षक थापाकाे टाेलिले ३६ घण्टा नबित्दै हत्यामा संलग्न २ जनालाई पक्राउ/लमजुङ

  •   काभ्रे
  •   ३ पुष २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

लमजुङ प्रहरीको ठुलो सफलता
लमजुङ प्रहरी द्धारा ३६ घण्टा नबित्दै हत्यामा संलग्न २ जना पक्राउः- लमजुङ जिल्ला

लमजुङ प्रहरीले ३६ घण्टा नबित्दै हत्यामा संलग्न २ जनालाई पक्राउ गरेकाे छ ।

पिढिमा रगत छरपष्ट रही गोबर ग्यासको ट्याङ्की भित्र लाश रहेको भन्ने खबर प्राप्त हुना साथ  जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक  गंगा बहादुर थापा र घटनास्थल अनुसन्धान बिशेषज्ञ सहितकाे टाेली घटनामा पुगेका थिए ।
लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा नं. ४ चारघरे बस्ने धुव्र भुजेलकी श्रीमती बर्ष-३४ की धनमाया भुजेलको घरको पिढिमा रगत छरपष्ट रही गोबर ग्यासको ट्याङ्की भित्र धनमायाको लाश रहेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी दुराडाँडा र जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक  गंगा बहादुर थापा सहित घटनास्थल बिशेषज्ञ सहितको अनुसन्धान टोली घटनास्थलमा पुगि घटनास्थल हेर्दा मृतक सुत्ने कोठाको भुईमा रगत छरपष्ट अबस्थामा कोठाबाट मृतक धनमाया भुजेलको लाश घिर्सार्दै घर नजिक रहेको गोबर ग्यासको सेफ्टी ट्याङकी सम्म लगेको रगतको डामहरु रहेको र सेफ्टी ट्याङकीको माथीबाट ढकन लगाई बन्द गरिएको अबस्थामा रहेको हुदा ढकन खोली भित्र हेर्दा बोराभित्र मृतक धनमाया भुजेलको लाश फेला परेकोले निजलाई हत्या गरि फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको नायव उपरिक्षक थापाले बताउनु भयाे ।

हत्यारा पहिचान गर्नको लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुर समेत ल्याई अनुसन्धान गरिएको र लाशको अबस्था हेर्दा मृतकको टाउँकोमा ढुङगा प्रहार गरेको गहिरो चोटहरु रही मृत लाश रगताम्य अबस्थामा रहेको हुदा प्रारम्भिक अनुसन्धान कार्य गरी लाशलाई पोष्टमार्टमको लागि सदरमुकाम बेसीशहर लगिएकाे जानकारी दिनुभयाे ।

घटनास्थलमा फेला परेको भौतिक सबुद प्रमाण तथा प्रविधिको प्रयोग गरी घटनामा संलग्न मृतककै छिमेकमा बस्ने सागर भुजेललाई पोखराबाट र बिकाश भुजेललाई घटना घटेको ३६ घण्टा नबित्दै पक्राउ गरिएको थापाले बताउनु भयाे ।

प्रारम्भिक अनुसन्धान पछि पुष्टि :-हत्या किन गरिएको रहेछ?

मृतक  र पक्राउ परेका सागर भुजेल बिच केही महिना अगाडी देखी शारिरिक सम्बन्ध हुने गरेको तथा मृतक गर्भवती छिन भन्ने हल्ला सागर भुजेलले गाउँमा सुनेपछी बिगत १ महिना अगाडीबाट निज धनमायालाई मार्ने सोच बनाई हत्या हुनु भन्दा १ हप्ता अगाडी निजले आफ्नो साथी बिकाश भुजेललाई मृतक सँगको अबैध सम्बन्धको बारेमा बताई निज गर्भवती रहेको र पछी आफुलाई अप्ठेरो पर्छ भनी धनमायाको हत्या गर्नको लागि आफुलाई साथ दिन भने अनुसार बिकाश भुजेल समेत सहमत भई मार्ने योजना अनुसार हत्या भएको अघिल्लो दिनमा सागर भुजेलको घरमा बिकाश भुजेल बस्न आएको ।

मृतकका श्रीमान सधै बिहानै देखी कृर्षी फर्ममा काम गर्न जाने हुदा मिति २०७७।०९।०१ गते बिहानी पख धनमायाका श्रीमान काममा बाहिर गएको एकिन गरी मृतकका श्रीमान घरमा नभएको मौका छोपी  दुबै जना मृतकको घरमा गई मृतक सुत्ने कोठामा प्रबेश गरी जातो तथा ढुङ्गाले अनुहार र टाउँकोमा प्रहार गरी हत्या गरे पश्चात दुबै जना मिलि लाशलाई घिसार्दै गोबर ग्यासको सेफ्टी ट्याङकी भित्र लगि फाली लुकाई आ-आफ्नो घर तर्फ गएका । हत्याको कारण सागर भुजेल र मृतको बिचको अबैध सम्बन्ध देखिएको ।  पक्राउमा परेका सागर भुजेल र बिकाश भुजेललाई आजै जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरमा  म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *