प्रहरी नायब महानिरीक्षक बसन्त पन्तबाट प्रहरी चौकी तल्लो डुङ्गेश्वर नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न ।
DFID को सहयोगमा UNOPS प्रोजेक्ट द्वारा संचालन भएर निर्माण सम्पन्न भएको प्रहरी चौकि तल्लो डुङ्गेश्वरको प्रहरी कार्यालय र आवास भवनको समुद्धघाटन समारोहमा प्रमुख अतिथि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्रद्धेय श्रीमान बसन्त कुमार पन्त ज्यू द्वारा शिलालेख अनावरण र रिवन काटेर सुसम्पन्न भएको छ ।

प्रहरी नायब महानिरीक्षक बसन्त पन्त ज्युले नवनिर्मित कार्यालय भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उहाँले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गर्नुभयो ।
समारोहमा प्रहरी नायब महानिरीक्षक बसन्त पन्त ज्युले भवन निर्माणमा सहयोग पुर्याउने महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी नायब महानिरीक्षक बसन्त पन्त ज्युले समाजिक विकृति विसंगतिलाई सरोकारवाला सबै पक्ष मिलेर अन्त्य गर्नुपर्ने चर्चा गर्दै यस्ता कुरितिलाई त्याग्न सबैलाई आह्वान समेत गर्नुभयो । कानून सबैका लागि समान हुने चर्चा गर्दै प्रहरी नायब महानिरीक्षक पन्तले कानून भन्दा माथि उठेर अपराध गर्ने सबैलाई प्रहरीले कानूनी दायरमा ल्याउने बताउनुभयो ।

विभिन्न स्थानमा नेपाल प्रहरीको अत्याधुनिक भौतिक संरचनाहरु निर्माण भइरहेको उल्लेख गर्दै प्रहरी नायब महानिरीक्षक पन्तले सबै पक्ष मिलेर नवनिर्मित भवनको संरक्षण गर्नुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न