राजेश तिमल्सिना काठमाडौ, २५ असार ।
नवनियुक्त आईजीपी शैलेश थापा क्षेत्रीलाई गृहसचिब द्वारा दर्जानि चिन्ह प्रदान गरिएकाे छ।असार २५ गते बिहिबारबाटैै पदभार समाल्दै

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित कार्यक्रमकाबीच गृहसचिव महेश्वर न्यौपानेले आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

नवनियुक्त आईजीपी क्षेत्रीले आफ्नो२२ महिनाकाे कार्यकालमा नेपाल प्रहरीलाई उत्कृष्ट संगठन बनाउने प्रतिबद्धता व्यक्त गर्दै पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो सत्प्रयास रहने उल्लेख गरेका छन् ।३० वर्ष सेवा अवधि पुरा गरी निबर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली हिजोदेखी प्रहरी सेवाबाट अवकाश भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताए। आज गृहसचिवको हातबाट दज्र्यानी चिन्ह थाप्दै उनले कानूनले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिने विश्वास दिलाएका छन् ।

प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने उनले धारणा व्यक्त गरे। उनले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न आग्रह गरे। उनले भने,“कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्ममरुपमा कारवाही गरिन्छ ।”
