नयां निर्मित भबन तिलिङगेटार निर्माण समितिले प्रहरीलाई हस्तान्तरण:प्रहरी बरिष्ठ उपरिक्षक अशोक सिंहले उत्घाटन

  •   काभ्रे
  •   ७ चैत्र २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

महानगरीय प्रहरी प्रभाग तिलिङगेटारको नयां निर्मित भबन तिलिङगेटार भबन निर्माण समितिले प्रहरीलाई हस्तान्तरण गरी उक्त भबन टोखा नगरपालिका प्रमुख (मेयर ) प्रकाश अधिकारी महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक अशोक सिंहले संयुक्त रुपमा उत्घाटन भएको थियो ।

भवन उदघाटन पश्चात कार्यक्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको बताउनु भएको छ । सिंहले नागरिकको सुरक्षा र सेवा प्रवाहको लागि नवनिर्मित भवनले कार्यरत प्रहरी कर्मचारीहरुमा थप हौसला प्राप्त भएको उल्लेख गर्नुभयो । नेपालको समृद्धि र नागरिकको समुन्नत भविष्यका लागि सबै सरोकारवाला निकायहरु एकतावद्ध हुनुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक सिंहले शान्ति सुरक्षा र समुन्नतिमा अवरोध गर्ने जुनसुकै तत्व, शक्ति वा समूहको गतिविधिहरुलाई निर्ममतापूर्वक कारवाही गरी निस्तेज गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिनुभयो । कुनै आवरणमा रही हुने गरेका गुण्डागर्दी, मानव बेचबिखन तथा ओसारपसार, प्राकृतिक श्रोत साधनको दोहन, पर्यावरणीय विनाश र अवैध तस्करी जस्ता अपराधिक कर्मविरुद्ध सशक्त रुपमा कारवाही अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । आम नागरिकको साथ, सहयोग र सहकार्यमा जुनसुकै अपराध कर्मको संजाल छिन्न-भिन्न पार्दै अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी दृढ रहेको अशोक सिंहले बताउनुभयो ।

आम नागरिकको आशा र भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरीको पवित्र उद्देश्य नि:स्वार्थ राष्ट्र र नागरिकको सेवा रहेको चर्चा गर्दै उहाँले यस पवित्र मन्दिरमा बसी छद्‍म भेषमा कोही कसैलाई अपवित्र काम, आवरण र व्यवहार गर्न छुट नरहने र त्यस्ता गलत तत्वहरुलाई संगठनबाट निर्मूल पार्न दृढ रहेको बताउनुभयो ।

कार्यक्रममा टोखा नगरपालिका प्रमुख (मेयर ) प्रकाश अधिकारी शुभकामना मन्तव्य व्यक्त गर्दै आफ्नु क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरु समाधानको लागि नगरपालिकाले प्रहरीसँग सदैव समन्वय र हातेमालो गर्दै आगाडि बढेको बताउनुभयो । नयाँ भवन हस्तान्तरण भएसँगै आगामी दिनमा त्यसको उचित मर्मत सम्भारमा समेत आवश्यक ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । आधुनिकिकरणसँगै प्रहरीप्रति आमनागरिकको अपेक्षा बढेको उल्लेख गर्दै नेपाल प्रहरीलाई थप चुस्तदुरुस्त बनाउन समग्र पुर्वाधारमा सशक्तिकरण गर्नेतर्फ सबैको पहल आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रहरी प्रहरी कर्मचारीहरु जिल्लास्थित स्थानीय सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका प्रतिनिधिहरु, स्थानीय संचारकर्मीहरु, समाजसेवी, बुद्धिजिबी, भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *