नयाँ संस्करणमा पूर्व विद्यार्थीहरूको संगठन पार्वती एलुम्नाई एशाेसिएशन

  •   काभ्रे
  •   २९ चैत्र २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

ढुंखर्कमा पुन:उदायो पार्वती एलुम्नाई

पार्वती माध्यमिक विद्यालय बेथानचोक-२, ढुंखर्कका सम्पूर्ण पूर्व विद्यार्थीहरूको संगठन पार्वती एलुम्नाई एशोसिएशन नेपालको चैत्र २८ गते शनिबार एक कार्यक्रमकाबीच विधिवत रूपमा उद्धघाटन भएकाे छ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र नेपाल सरकारका सह-सचिव तथा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सयुंक्त रूपमा उद्धाटन गर्नुभएकाे कार्यक्रममा सभापतित्व पार्वती एलुम्नाई एशोसिएशन नेपालका अध्यक्ष मिठाराम वाँस्तोलाले गर्नु भएकाे हाे।

एशाेसिएशनका उपाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले स्वागत मन्तव्य मार्फत अतिथिलाई स्वागत गर्नुभएकाे थियाे ।पूर्व विद्यार्थीहरूमध्य निजामती सेवाको माथिल्लो तहमा पुग्नुभएकोमा नमराज घिमिरे, नमुना विद्यालय विकास गर्न उल्लेख्य भूमिका खेल्नु हुने प्रधानाध्यापक गोविन्दप्रसाद शर्मा, पूर्व विद्यार्थीहरूलाई एकताको शुत्रमा बाँधेर संगठित गर्न भूमिकामा रहनुहुने श्री पार्वती एल्मुनाई एशोसिएशनका संस्थापक अध्यक्ष थर्कप्रसाद तिमल्सिना र पूर्व अध्यक्ष सिताराम लामालाई सम्मान गर्ने कार्यक्रम समेत रहेकाे थियाे ।

फाेटाे फाईल :-सामाजिक सञ्जाल

बेथानचोकको शैक्षिक क्षेत्रमा लामो समयसम्म योगदान गर्नुभएकोमा विद्यालयका पूर्व प्रधानाध्यापक इन्द्रबहादुर तिमल्सिनालाई अभिनन्दन गरिएको थियो । त्यस्तै सेवा निवृत शिक्षकहरू रामहरी शर्मा तिमल्सिना, केदारबहादुर क्षत्री, प्रेमविक्रम के.सी, अर्जुनप्रसाद घिमिरे र धर्मलाल श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा पार्वती मा.विको तर्फबाट शैक्षिक सत्र २०७६ को माध्यमिक शिक्षा परीक्षामा ४.० जी.पी.ए सहित सर्वोत्कृष्ट नतिजा ल्याउन सफल आशिष तिमल्सिनालाई नगद रू ५ हजार १ सय रूपैया सहित प्रशंसा-पत्र प्रदान गरिएको थियो ।

पूर्व विद्यार्थी हरिप्रसाद तिमल्सिनाद्वारा एकजना न्यून आर्थिक अवस्था भएको विद्यार्थीलाई माध्यमिक तहसम्म अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा समेत गर्नुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ, काभ्रेको नव निर्वाचित पूर्व विद्यार्थीहरू द्वय सह-सचिव सरोज अधिकारी र सदस्य मोहनकृष्ण तिमल्सिनालाई हार्दिक बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष सिताराम लामा, प्रधानाध्यापक गोविन्दप्रसाद शर्मा, वडाध्यक्ष तथा वि.व्य.स अध्यक्ष भगवान घिमिरे, शिक्षक संघ बागमतीका अध्यक्ष नारायण तिमल्सिना, एमाले नेता बेदप्रसाद तिमल्सिना लगायतले संस्थाको प्रगतिमा हातेमालो गर्ने प्रतिवद्धता सहित शुभकामना दिनुभएको थियो भने संस्थाको औचित्य तथा उद्धेश्यमाथी अध्यक्ष वाँस्तोला र सचिव छवि श्रेष्ठले स्पष्ट पार्नुभएको थियो ।

श्री पार्वती एल्मुनाई एशोसिएशनको विशिष्ट अतिथि घिमिरेले नयाँ संस्करणको रूपमा उदाएको पार्वती एलुम्नाई एशोसिएशन नेपाल झण्डै एस.एल.सी तथा एस.ई.ई उत्तीर्ण २५०० भन्दा बढी र एक शैक्षिक सत्र पूरा गरेका १५०० भन्दा बढी विद्यार्थीहरूको साझा संस्था भएको भन्दै संस्थाको गरिमालाई उँचो बनाउन महत्वपुर्ण भूमिका खेल्न संस्था र विद्यालय दुवै लागिपरेमा काभ्रे जिल्ला कै सर्वउत्कृष्ट बन्न मद्दत पुग्ने जिकिर समेत गर्नुभयाे ।

कार्यक्रममा बेथानचाेक क्षेत्र सराेकार समाजका सल्लाहकार मछिन्द्र कुमार लामा ,ईन्जिनियर हुद्धराज तिमल्सिना ,बेथानचाेकका अग्रज कलाकार रामकाजी घिमिरे,पत्रकार मधुसुदन तिमल्सिना,विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत २०१६ साल पछिका पुर्व विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे ।

११ जना कार्यसमिति रहेकाे पार्वती एलुम्नाई एशाेसिएशन नेपालकाे अध्यक्ष मिठाराम बास्ताेला हुन भने उपाध्यक्षमा पुरूषाेतम तिमल्सिना रहेका छन। सचिवमा छवि श्रेष्ठ ,सहसचिवमा दिपिका केसि र काेषाध्यक्षमा उषा अाचार्य रहेकी छिन ।त्यस्तै भगवान अाचार्य ,विनाेद तिमल्सिना ,कुमार तिमल्सिना ,पार्वती सापकाेटा ,उपा शंकर र कृष्ण तिमल्सिना एशाेसिएशनका सदस्य हुन ।

Leave a Reply

Your email address will not be published.