नेपाल प्रेस यूनियन काभ्रेको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा नगेन्द्र अधिकारी

  •   काभ्रे
  •   १६ असार २०७९, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

नेपाल प्रेस यूनियन काभ्रेको सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् । असार १५ गते भएको जिल्ला भेलाबाट अधिकारीको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सहित सर्वसम्मत चयन भएको हाे ।जसमा उपाध्यक्षमा देवराज केसी, महिला उपाध्यक्षमा सम्झना हुमागाई, सचिवमा शुभराज अधिकारी, सह–सचिवमा सचित खड्का, समावेशी सह– सचिवमा इन्द्रबहादुर थापा र कोषध्यक्षमा सरोज अधिकारी सर्वसम्मत चयन भएका छन् । राजन दाहाल, रोशन पौडेल, पुजन धिताल,रवि धिताल, शोभा हुमागाई, पुरुषोतम ढकाल,विपासा शाक्य, भक्त दाहाल र ज्योती श्रेष्ठ कार्यसमिति सदस्यहरुमा सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै साउन ६ र ७ गते हुन गईरहेको केन्द्रिय महाधिवेशनका लागि पनि केन्द्रिय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । केन्द्रीय प्रतिनिधीहरुमा भोला थापा, नारायण सापकोटा, महेश पौडेल, बद्रीराज तिमल्सिना, प्रदिप केसी, शिखर चिमौरीया, कपिल कोइराला, रघुनाथ हुमागाई, शंकर अधिकारी, शिव दाहाल, ज्ञानमणी नेपाल, सूर्य लाकाजु, कविता शर्मा र इन्द्रलक्ष्मी घिमिरे सर्वसम्मत चयन गरिएको छ ।

भेलाबाट प्रदेश प्रतिनिधी समेत चयन गरेको छ । नवराज सापकोटा, सरोज सापकोटा, राजेन्द्र तिमल्सिना,सुमन गिरी, सन्तोष तिमल्सिना, मोहनकृष्ण तिमल्सिना, रोशन तिमल्सिना, दिलीप आचार्य, पुरुषोतम ढकाल, दिपक चौलागाई, हिराकाजी लामा, दुर्गा घलान, जानुका खनाल र सनम सुवाल सर्वसम्मत चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *