
तास १९ बुक ,नगद ३० लाख ८४ हजार ४ सय र काैडा१६ थान सहित १७ जना पक्राउ
महानगरीय प्रहरी परिसर ललितपुरले जुवा तास खेल्ने खेलाउने १७ जना मानिसलाई पक्राउ गरेकाे छ ।
विशेष सुचनाका अाधारमा ललितपुर महानगरपालिका वडा नं २६ सुनाकाेठि स्थित अजय महर्जनकाे घरबाट मिति २०७७ फाल्गुन ७ गते अवैध रूपमा जुवा तास खेली खेलाई बसेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे महानगर प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरिक्षक प्रज्वल महर्जनले बताए ।

विशेष सुचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरवाट प्रहरी निरिक्षक पोषण राज थपलिया र प्रहरी निरिक्षक सुरेश राज भट्टको कमाण्डमा ३५ जनाको टोली खटिई गई सो घरकोठामा खानतलासी गर्दा अवैध रुपमा जुवा तास खेलीरहेका खालबाट तास १९ बुक ,नगद ३० लाख ८४ हजार ४ सय र काैडा१६ थान ५ थान क्यारेमकाे गाेटी १५० थान सिमिकाे दाना सहित १७ जना मानिसहरूलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर ललितपुरमा राखी थप अनुसन्धान भईरहेको उपरीक्षक महर्जनले जानकारी दिनुभयाे ।