नक्कली डिएसपि हुँ भनी व्याकमेल गर्ने व्यक्ति पक्राउ

  •   काभ्रे
  •   १७ कार्तिक २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

डि.एस.पि.हुँ भनि फोन गर्ने व्यक्ति नियन्त्रणमा

डि.एस.पि हु भनि व्याकमेल गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ।
काठमाडौं महानगरपालिका वडा नं १० बानेश्वर वस्दै आएका चन्दु झालाई २०७७ कार्तिक १३ गते अपरिचित व्यक्तिको माेवाईलबाट फाेन गरि महानगरिय प्रहरी वृत्त कालिमाटी काठमाडौंकाे डि.एस.पि बाेलेकाे ,तपाई वल्लु झा नाम गरेका व्यक्तिसँग के लफडा हाे ,तुरुन्त कालिमाटी वृत्तमा अाउनुहाेस नअाए कारवाही अगाडि बढाउछु भनी चन्दु झालाई व्याकमेल गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

विशेष सुचनाका आधारमा खाेजतलास गर्दै जाने क्रममा नक्कली डिएसपी भनी फाेन गर्ने सर्लाही जिल्ला रामनगर गाउपालिका वडा नं ६ घर भएका वल्लु झालाई कालिमाटी वृतबाट खटिएकाे टाेलिले नियन्त्रणमा लिई अावश्यक कानुनी कारवाहि अघि बढाईएकाे कालिमाटी वृत्तका डिएसपि अपिल बाेहाेराले बताउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *