
धुलिखेल ९ मा तरुण दल र विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
बनेपा, काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं ९ मा नेपाली काँग्रेसको भातृसंगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघ गठनको साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा नं ९ को सभापती बिदुर बहादुर बस्नेतको सभापतीत्वमा जिल्ला सचिव दिनेश लामाको प्रमुख आतिथतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा बिशिष्ट अतिथिमा नेपाली काँग्रेस जिल्ला प्रचारप्रसार बिभाग प्रमुख रबिन्द्र नाथ सिग्देल र प्रतिनिधि क्षेत्र नं १ को सह सभापति, प्रदेश सभा १ को ख को सभापति रमेश प्रसाद हुमागाईको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला सचिव दिनेश लामाले सम्पुर्ण चयन पदाधिकारीहरुलाई सफल कार्यकलाको शुभकामना दिनुभएको थियो । भने जिल्ला प्रचारप्रसार बिभाग प्रमुख रबिन्द्र नाथ सिग्देलले आफु पनि पहिला नेपाली काँग्रेसको भातृसंगठनहरु बाट नै राजनितिमा प्रवेश गरेको स्मरण गराउदै पार्टी लाई जस्तो सुकै परिस्थितिमा पनि सहयोग गर्ने अपिल गर्नु भएको थियो ।
उता, सभापती बिदुर बहादुर बस्नेतले कार्यक्रममा नेपाली काँग्रेसको भातृसंगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघ वडा नं ९ मा चयन भएका सम्पुर्ण कार्य समितिहरु लाई कार्य सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता राजु हुमागाई लगायत अन्य नेताहरुको बाक्लो उपस्थिति देख्न सकिन्थो भने कार्यक्रम संचालन युवा नेता बलराम सिग्देलले गरेका थिए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघको वडा अध्यक्षमा प्रकाश दाहाल, उपाध्यक्षमा संगिता बि.क, उपाध्यक्षमा आयुश गौतम, सचिवमा उज्वलमणि हुमागाई, कोषाध्याक्षमा रोशन हुमागाई, सह सचिवमा अस्मिता हुमागाई, सदस्यहरुमा सचित हुमागाई, सौगात तिमल्सिना, प्रकाश हुमागाई, आशिष हुमागाई, मिलन गिरी, सुमित हुमागाई, सुरेन्द्र हुमागाई र बिशाल गौतम चयन भएका थिए ।
- दुई हप्ताकाे तालिमले नेपाली ब्राे बने अन्तर्राष्ट्रिय रेस्लिङ विजयी
- अन्तर्राष्ट्रिय कल वाईपास (VOIP)मा संलग्न २ जना पक्राउ
- सागर शर्माकाे नयाँ लोक कोसेली ‘लम्जुङ्ग भोटेवोडार’ बोलको गीत सार्वजनिक (भिडियाे सहित)
- कोरोना संक्रमण विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्की,सामुदायिक प्रहरी सेवा केन्द्र र समन्वय समितिकाे आयोजनामा जनचेतनामुलक कार्यक्रम
- प्रहरी हवल्दार तथा जवान लक्षित सिपविकास “House Wiring” तालिम सम्पन्न
यसैगरी तरुण दल वडा र्काय समिति तर्फ अध्यक्षमा सरोज बानियाँ, उपाध्यक्षमा रामकुमार हुमागाई, सचिवमा हिमाल गिरी, सह सचिवमा सबिन हुमागाई, कोषाध्यक्षमा, शुशिल रानाभाट, सदस्यहरमा दिपेश हुमागाई, सनिर श्रेष्ठ, जिवन ढलकोटी, सुरज गजमेर, मनोज तिमल्सिना, विशाल सिग्देल, रामनाथ लम्साल, विवेक सिग्देल, निराजन मिजार, शशांक सिग्देल, नवराज हुमागाई, साजन ढकाल, धिरज तोलोङ्ग, रंगराज हुमागाई, आर्दश सिग्देल, मनोज बि.क चयन भएका थिए ।