“प्रतिवन्धित विप्लप समुहको कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले पक्राउ गरेकाे छ ।
विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक र मतहतकाे प्रहरी टाेलीले नेपाल सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लप समुहमा आवद्ध रही काभ्रे जिल्लामा रहेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरु समेतलाई फोन समेतबाट धाकधम्की दिई चन्दा माग गर्ने गरेका ५४ वर्षिय मधुसुधन बजगाईलाई प्रहरीले पक्राउ गरेकाे छ ।
विप्लव समुहमा आबद्ध नेता तथा कार्यकर्ताहरुको सम्बन्धमा सूचना संकलन गरी खोजतलासको क्रममा मिति २०७७कार्तिक २६ गते बिहानको समयमा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं. १२ शंखुपाटीचौर एक्लेखेत घर हुने हरि बजगाईको छोरा मधुसुधन बजगाईलाई पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पाैडेल जानकारी गराउनु भयाे ।
एसपी पाैडेलका अनुसार प्रहरीले सोधपूछ गर्दा सोधिएको कुराको जवाफ नदिई उल्टै प्रहरी टोली माथि अपशव्द प्रयोग गरि प्रहरीको काम कर्तव्यमा बाधा अवरोध सृजना गरि अभद्र व्यवहार गरेको हुँदा बजगाईलाई तत्काल कानुन बमोजिम पक्राउ गरी “मुलुकी अपराध संहिता,२०७४” को परिच्छेद ५ को सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध कसूर अन्तर्गत मुद्दा दर्ता गरी म्याद थप गरि प्रारम्भिक अनुसन्धान कार्य अगाडि बढाईएकाे बताउनु भएकाे छ ।
अनुसन्धान गर्ने क्रममा बजगाई नेपाल कम्युनिष्ट पार्टि (माओवादी) विप्लप समुहको जिल्ला कमिटी सदस्य भई पार्टिको निति निर्देशानुसार काम कारवाही गर्दै आएको खुल्न आएको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताउनु भयाे ।
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ