
काठमाडौं
जिल्ला प्रहरी कार्यालय सर्लाहीको नव निर्मित कार्यालय भवन सम् उदघाटन गर्नुहुदै नेपाल प्रहरी प्रमुख आईजिपी ठाकुर प्रसाद ज्ञावली ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीकाे भवन उद्घाटन कार्यक्रममा बाेेेेेेल्दै प्रहरी महानिरीक्षक ज्ञवालीले देश र जनताप्रतिको कर्तव्य बोधमा कहिल्यै पनि विचलित नभई आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै जस्तोसुकै चुनौति एवम् विषम परिस्थितिमा पनि प्रहरी कर्मचारीहरुले आवश्यक संयमता अपनाई राज्यले सुम्पिएको जिम्मेवारी निर्वाह हुने विश्वास लिएको र सोही अनुरुप परिचालित हुनुपर्ने बताउनुभयो । प्रहरी कर्मचारीहरु जहिले पनि व्यवसायिक निष्ठा र कर्तव्यबोधमा केन्द्रीत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सृजना भएको विषम परिस्थितिमा सक्रिय रुपमा अग्रपङ्तिमा खटिएर नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले आगामी दिनहरुमा थप अग्रसरता, संवेदनशील र व्यवसायिक भई परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
विभिन्न अपराधको प्रकृति र प्रविधि परिवर्तन भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रविधिको प्रयोगबाट सिर्जित अपराधप्रति सजग हुँदै नयाँ प्रविधिहरुको प्रयोगमा आफूलाई अभ्यस्त बनाई परिस्थिति अनुसार ऐन कानूनको पूर्ण जानकारी राखेर अगाडि बढेमा समाजबाट अपराध र विकृति विसंगतिहरुलाई हटाउन सकिने बताउनुभयो । संगठनप्रति हुने प्रहारहरुलाई परास्त गर्दै व्यक्तिगत स्वार्थ भन्दा संगठनको श्रीवृद्धिको लागि सवै प्रहरी कर्मचारीहरु एकजुट हुन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।