देशकाे धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

  •   काठमाडौं
  •   ८ आश्विन २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं ।
असाेज ८ गते

सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पूर्वी भु–भागमा न्युन चापीय क्षेत्र रहेको छ ।

साथै यो न्युन चापिय क्षेत्र पश्चिम–उत्तर–पश्चिम सर्दैछ । अहिले देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *