
नेपालमा अन्तर्राष्ट्रिय महिला रेस्लिङ प्रतियोगिता सम्पन्न भएको छ।

नेपाल महिला रेस्लिङ फाउण्डेशनले आयोजना गरेकाे प्रतियोगिता बैशाख ४ गते शान्तिनगरमा रहेकाे अाफ्नै रेस्लिङ फाउण्डेसनकाे प्राङ्गणमा सम्पन्न भएकाे हाे ।
फाउण्डेशनकी संस्थापक अध्यक्ष एवम नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला रेस्लर भगवती खड्का (युनिका) का अनुसार यस प्रतियोगितामा अमेरिका, भारत, जापान, अष्ट्रेलिया, पाकिस्तानलगायत एक दर्जन देशका रेस्लर सहभागी हुने भनिएता पनि विश्व महामारी काेभिड १९ काेराेना भाईरसले उपस्थिति जनाउन सकेका थिएनन।
महिला रेस्लिङ प्रतियोेगितालाई पछिल्लो समय बढ्दै गरेको कोरोना संक्रमणले प्रभावित पार्यो । कोरोना संक्रमणको दोस्रो लहरले गर्दा आमन्त्रित विदेशी खेलाडी नआएपछि निर्धारित स्थानमा म्याच हुन नसकेको आयोजकले जानकारी दिएकाे छ । तैपनि महिला रेस्लरहरु शनिबार खरो रुपमै उत्रिए ।
आकृति पुन, सिर्जना कोजु, सपना तामाङ, स्नेहा थापा, गीता जिरेल र जमुना जिरेल सहित ६ जना महिला रेस्लरहरू म्याचको सुरुमै रोल रम्बल म्याच उत्रिएका थिए । जसमा एक पुरुष रेस्लर सेनामा ५-६ वर्ष कमान्डाे रेन्जर फाेर्समा कामकाे अनुभव लिएका नुवाकोट जिल्ला बुद्धसिंह दर्शनटार घर भई विदेशी समुद्री जहाजमा बडिगाडकाे रूपमा कार्यरत कुमार थापा उर्फ नेपाली ब्राे पनि महिला रेस्लिङ प्रतियोगितामा सामेल भएका थिए ।कर्मभुमिबाट छुट्टिमा अाएका नेपाली ब्राेले २ हप्तामा रेस्लिङ तालिम प्राप्त गरि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियाेगिता समेत जित्न सफल भएका छन ।
फाउण्डेशनकी संस्थापक अध्यक्ष एवम नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला रेस्लर भगवती खड्का (युनिका)ले २ हप्तामा नेपाली ब्राेलाई तालिम दिएर मैदानमा उत्रार्न सफल भएकी थिईन ।
भारतका मन्त्री राजेन्द्र मेघवाल र नेपालका युवा तथा खेलकुद मन्त्री दावा तामाङकाे अातिथ्यता रहेकाे उक्त प्रतियोगितामा नेपाली महिला रेस्लर सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई हराउँदै जित हासिल गरेकी हुन ।
यस्तै नेपालका कुमार थापा उर्फ नेपाली ब्रो तथा भारतका सुशान्त शर्मा र देव द बुलबीच भएको पुरष ट्रिपल थ्रेटमा नेपाली ब्रो विजयी भएका थिए ।

पुरुष हार्ड कोरमा भारतका हुक्का रामले नेपाली ब्रोलाई पराजित गरेका थिए । फाउण्डेशनकी अध्यक्ष भगवती खड्का युनिकाले कोरोनाका कारण विदेशबाट खेलाडी आउने नसकेपनि तर, खेल रोमाञ्चक नै भयो ।
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ