दिपेन्द्र श्रेष्ठको अभिनयमा `भयो हाम्रो भेट´ सार्वजानिक
काभ्रेपलाञ्चोक, लोकदोहोरी गित बजारमा आउने क्रममा सुमित्रा सत्यालको निकै आशा लाग्दो माया पिरतिमा आधारीत लोक दोहोरी गित `भयो हाम्रो भेट´ बजारमा आएको छ । मिलन फिल्मस् युटुब च्यानल बाट गित सार्वजानिक भएको हो ।
मोबाइल रिपेयर बाट मोडली क्षेत्रमा पाइला अगाडी बढाएका दिपेन्द्र श्रेष्ठ सिन्धुपाञ्चोक जिल्लामा जन्मनु भएको हो । कलाकारीता क्षेत्रमा रुचि बढाउदै मोडलिङमा जम्न मन लागेको कारण यस क्षेत्रमा पाइला अगाडी बढाएको हामीलाई जानकारी दिनुभयो दिपेन्द्र श्रेष्ठको अभिनयमा भयो हाम्रो भेट बोलको गित सार्वजानिक भएको हो ।
भिडियो हेर्नुस्
गायिका सुमित्रा सत्याल र रमेश श्रेष्ठको आवाजमा गित बजारमा आएको छ । रेशम थापाको लय, सुमित्रा सत्यालको शब्द र संजय श्रीपालको एरेन्ज रहेको छ भने भिडियोको निर्देशन राजु बिरही सापकोटले गरेका छन् । काठमाण्डौको बिभिन्न रमणीय स्थानमा विपिन क्षेत्रीले छायाँकन गरेका छन् । विपिन क्षेत्रीले छायाँकन गरेका भिडियोहरु चर्चामा नै रहेका छन् यस गितले कतिको चर्चा पाउला त्यो त र्हर्न बाँकी छ ।
भयो हाम्रो भेट बोलको गित लाई रोशन धितालले सम्पादन गरेका छन भने गितको भिडियोमा अरबिन्द्र गौतम, रानिया भण्डारी, दिपेन्द्र श्रेष्ठ र निशा मगरको अभिनय देख्न सकिन्छ ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न