
बिमानस्थल प्रहरीको कोभिड बाट जोगिने जोगाउने प्रयास
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीहरूलाई पिपिई सेट वितरण कार्य सम्पन्न भएकाे छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड – १९ सङक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी गरिएको निषेधाज्ञाको समयमा समेत दैनिक बढ्दो हवाई उडानले गर्दा हवाई यात्रु एवं विमानस्थलमा आवद्ध कर्मचारीहरुको चाँप बढेतापनि विमानस्थल प्रहरी अग्रपंतिमा रही यात्रुको प्रत्यक्ष सम्पर्कमा आई (Screening, Frisking, प्रत्यक्ष संवाद) काेभिड १९ उच्च जोखिममा रही कार्य गर्दै आएको हुँदा सुरक्षा मापदण्ड अनुरुप कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला समेतको उपस्थितिमा विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरुलाई PPE वितरण गर्ने कार्यक्रम अन्तर्गत कार्यरत प्रहरी हवल्दार तथा जवानहरुलाई PPE सेट वितरण गरिएको छ।