तीन पुर्व प्रधानमन्त्रीहरूको बिषयमा जनताले गर्ने टिप्पणी सुझाव

  •   काभ्रे
  •   १ मंसिर २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

तीन पुर्व प्रधानमन्त्रीहरूको बिषयमा जनताले गर्ने टिप्पणी  सुझाव

मछिन्द्र कुमार लामा /राजेश तिमल्सिना

१) सम्माननीय प्रधानमन्त्री के पि ओली ज्यु देशको लागि सहि पात्र हो तर उहाँको कार्ययोजना, निर्देशन र दर्शनलाई कसरी असफल गराउन सकिन्छ भनेर राष्ट्रिय अन्तराष्ट्रिय स्तरबाट सकृय हुनु, आफ्नै दलको ६० प्रतिशत नेता तथा कार्यकर्ता उनकै खिलापमा रहनु, निति तथा कार्यक्रम कार्यन्वयनमा कर्मचारी संयन्त्र असफल हुनु र लोकतान्त्रिक बिधि प्रक्रिया अबलम्बन नगर्नु, प्रतिपक्ष चिर निन्द्रामा रहनु र आफ्नै पक्षले प्रतिपक्षको भुमिका निर्वाह गर्नु, सहमतिमा हैन हेपेर,पेलेर र ठेलेर लैजानु पर्छ भन्ने सचिवालयले गलत सुझाव दिनु जस्ता कार्यले देश पछाडि परेकै छ। देश बचाउने हो भने  यसको ब्यबस्थापनमा ढिलाई गर्न नहुने राय आम जनसमुदायको छ।

२) पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल युग सुहाउँदो र दुरदर्शी नेता हो तर उहाँ पारिवारिक मोहमा लिप्त हुनुभयको छ। परिवारको सदस्य र आसेपासेका निमित्त निर्बस्त्र हिँड्न तयार हुनुहुन्छ। उहाँको बौद्धिकता सबै दलको नेताहरु मध्ये अब्बल छ किनभने दसवर्षे जनयुद्ध संचालन गर्नु कमि चुनौतीको बिषय थियन अझ बृस्तित शान्ति सम्झौता मार्फत देशलाइ दुर्घटना बाट बचाउन सक्नु अब्बल ऐतिहासिक कदम थियो। हिजो आज सत्ता मोह र सचिवालयको गलत सल्लाहका कारण उहाँको बौद्धिकता ओलीप्रति पुर्वाग्रही कदममा प्रयोग भैरहेको भन्ने सामान्य नागरिकले बुझिरहेका छन्। उहाँलाई पद र परिवार मोह त्याग गरि बौद्धिकता लाई राष्ट्र निर्माणमा प्रयोग गर्न र असल अभिभावक बनेर दोस्रो पुस्तालाई नेतृत्व सुम्पन अहंम भुमिका निर्वाह गर्न सबै जनता जनार्दनको सुझाव आईरहेको छ।

३) तीन पटक प्रधानमन्त्री भइसक्नु भएका, ४८ बर्षको उमेरमा गृहमन्त्री भैसक्नु भएका पुर्व प्रधानमन्त्री नेपाली कांग्रेस का केन्द्रीय सभापति शेर वहादुर देउवाको बौद्धिकताको प्रशंसा जति गरेपनि कम छ । उहाले देशलाई प्रदान गर्नु भयको नेतृत्व हालसम्मकै सफल नेतृत्व थियो। पछिल्लो समय उहाँको असफल सचिवालय, पारिवारिक हस्तक्षेप, घमण्डी र एककोहोर पारा, नेता कार्यकर्ताको सल्लाह सुझाव मा कम बिश्वास, देश चलाउन सक्ने र पार्टी चलाउन नसक्ने नेताको परिचय बन्न लागेको देखिन्छ। पार्टी भित्र भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको पक्षघात भयर बसिरहँदा उहाँ किन मौन हुनुहुन्छ ताजुब लागेर आउँछ भन्नुहुन्छ खोटाङ का एक स्थानीय नेता। आफ्नो असफलता मा अरूलाई दोष लगाएर पन्छन खोज्नु उहाँको कमजोरी भनेर बिश्लेषक हरूले गरेको टिप्पणी अर्थपुर्ण छ। नेपाली कांग्रेस प्रतिपक्षमा छ भन्ने बिषयको हेक्का उहाँलाई नभयको र पार्टी भित्र थुप्रै प्रतिपक्ष देखि पार्टि भित्र आफु मजबुत हुन लागिपरेको राजनैतिक बिश्लेषहरू बताउनु हुन्छ। यस्ले ओलिको दम्भ लाई टेवा पुगेको हुनाले आन्तरिक रूपमा उहाँ दुई जनाको खास के छ भनेर थुप्रै टिका टिप्पणी चिया पसलमा बहसको विषय बन्न थालेको छ।

उहाँहरू तीनैजनालाई काम, क्रोध, लोभ, मोह, मद् र माद्सर्य त्याग गरि हरि नाम, राम नाम ,नारायण नाम संकिर्तन गरि असल र सफल अभिभाकत्व ग्रहण गरिदिनु भयमा देशले, दलले र जनताले थप पिडा बेहोर्नु पर्दैन थियो भन्ने जनजनको आवाज छ। तपाईहरूको परिक्षा जनताले पटक पटक  लिईसकेको हुनाले परिक्षामा सामेल हुने ईच्छाशक्ति लाई स्थगन गरि नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने उपयुक्त समय यहि हो र भन्ने सुझाव पेश जनताले पेश गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *