काठमाडौं

उपत्यकासहित देशका अधिकांश भागमा शनिबार दिनभर पानी पर्ने र सोमबार सम्म पानी निरन्तर पर्ने जल तथा मौसम पुर्वनुमान महाशाखाले जनाएको छ। आइतबार सामान्य रुपमा मौसममा सुधार जाने तर सोमबार सम्म पानी पर्ने मौसमविद्ले जनाएको छ।
अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले शुक्रबारदेखि नै झरी परिरहेको छ । अहिले प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र देशका अन्य धेरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
शुक्रबारको २४ घण्टामा सबै भन्दा धेरै धनगढीमा ७४ मिलिमिटर पानी परेको रेकर्ड गरिएको छ । हिँजो देशै भर पानी परेको थियो। काठमाडौं उपत्यकामा आज बिहानैदेखि लगातार झरी परिरहेको छ ।