तपाईकाे आजकाे दिन कसरी बित्छ हेर्नुस भाग्यफल

  •   काभ्रे
  •   १ चैत्र २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

२०७७ चैत्र १ गते

आजको राशिफल

मेष : ईष्टमित्रसँग विवाद, व्यवसायमा सोचेभन्दा बढी लगानी तर प्रतिफल सोचेजस्तो नदेखिने देखिन्छ । स्वास्थ्यमा पनि गडबडी हुनसक्ने सम्भावना बलियो छ । समय खराब चलिरहेकाले आज र भोलि विशेष सतर्क हुनुहोला ।

वृष : सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र कुखुरा पालनबाट उचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रबाट सम्मान पाइने योग समेत देखिन्छ । वैदेशिक क्षेत्रबाट धन प्राप्त हुनेछ ।

मिथुन : सामाजिक सङ्घ÷संस्था, चित्रकला, साहित्य, सङ्गीत, पत्रकारिता एवम् होटल व्यवसाय लगायतका पेशा व्यवसायबाट आर्थिक लाभ, तपार्इं भाडाको गाडी चालक हुनुहुन्छ भने आज निश्चित रूपमा फाइदामा रहनु हुनेछ । धार्मिक यात्रा फलदायी रहने ज्योतिष वैज्ञानिक दृष्टकोणमा देखिन्छ ।

कर्कट : कुनै पनि व्यक्तिसँग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । जताबाट पनि हानी नोक्सानी मात्रैको भएकोले सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला । भ्रमण यात्रा गर्दै हुनुहुन्छ भने विचार गर्नुहोला । किनकि समय खराब छ ।

सिंह : कार्यक्रममा असफलता, कम्मर दुख्ने रोग, पेटमा गडबडी हुन सक्नेछ खानपानमा विशेष ध्यान पुर्याउनुहोला । चिसो, शूल–वायूको सम्भावना, गर्न खोजेको कार्यमा अवरोध, अनावश्यक चिन्ता बढ्दै जानेछ ।

कन्या : नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ ।

तुला : नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसँग सम्पर्क बढ्ने । वादविवाद तथा कुनै प्रतिस्पर्धात्मकमा तपाइँको जीत अवश्य हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरुको उदय हुनेछ ।

वृश्चिक : धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ । समग्रमा समय खराब छन्, यात्रा तथा लेनदेनमा सावधान हुन आवश्यक देखिन्छ ।

धनु : लेनदेन, जग्गाको विवाद उत्कर्षमा पुग्नेछ, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन् । आज दक्षिण दिशाको यात्रा घातक हुन सक्ने, सकभर यात्रा नै नगर्नुहोला ।

मकर : धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्ने, नाम र कृति बढ्ने काममा लगानी हुने, घरमा नयाँ चहलपहल र मुद्दा मामिला कुनै भए तपाईंको जीत हुन सक्छ । नयाँ पुराना सबै मित्रसँग भेट हुन पाइने मौका रहनेछ । तीर्थ यात्रा तथा लेनदेन समेत फलदायी हुनेछ । टाढाबाट धन प्राप्ति हुनाले मानसिक प्रशन्नता बढ्नेछ ।

कुम्भ : धन एवं समयको नोक्सान हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । काममा सतर्क हुनुहोला । धार्मिक बाहेक अन्य काममा धन लगानी नगर्नुहोला ।

मीन : । नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर, बढ्नुका साथै भाग्यले पनि साथ दिनेछ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ । समय सबै प्रकारले शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *