
ढुंखर्क च्याम्राङबेशी प्रहरी चाैकी बेथानचाेकले मास्क खै अभियान शुरु गरेको छ ।
सरकारले गत शनिबारदेखि मास्क अभियान शुरु गरेसंगै काभ्रेपलान्चोक जिल्ला बेथानचाेक गाउपालिकामा पनि मास्क अभियान शुरु गरिएको प्रहरी चाैकी प्रमुख(असई) हरेराम पराजुलीले जानकारी दिए ।
कोरोनाभाइरसको संक्रमण बढ्न थालेको भन्दै सरकारले २९ गतेसम्म मास्क अभियान शुरु गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथामको लागि मास्कको महत्व बुझाउन अभियान शुरु गरेको असई पराजुलीले ले बताए । अभियानमा मास्क लगाउनुको महत्व बुझाइने र मास्क सही प्रयोग भए नभएको अनुगमन गरिने बताइएको छ ।
अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्दै असई पराजुलीले भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।
बेथानचाेक पालिका र वडा नं २का जनप्रतिनिधि काे समन्वयमा माक्स खै त अभियानमा गेल्डुङ्ग बजारमा ४५० पिस भन्दा बढी माक्स सर्वसाधारणलाई वितरण गरिएकाे थियाे ।अभियान सफल बनाउन वडा नं २ का वडा सदस्य नवराज केसिले माक्सकाे व्यवस्था गरेका थिए।


