

बेथानचोक । तामाङ समुदायको सांस्कृतिक पर्व २८५७ म्हेल्हो सोनाम ल्होछारको अवसरमा काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. २, ढुंखर्कमा ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम फागुन १५ गते शनिबार सम्पन्न भएकाे बेथानचाेक क्षेत्र सराेकार समाजका सल्लाहकार मछिन्द्रकुमार लामाले बताउनु भएकाे छ ।

लामाका अनुसार कार्यक्रमको उद्घाटन नेपाल तामाङ घेदुङ, सङ्घीय कार्य समितिका भाषा, साहित्य तथा प्रशिक्षण विभागका प्रमुख काजीमान थिङले गरेका छन । राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजाेड प्रस्तुति रहेकाे थियाे ।
नेपाल अाईडल विजेता बुद्ध लामा, आशु सेन लामा, सञ्जीव वाइबा, विशाल काल्तान, पूर्णिमा लामा मदन लामा र भगवान खत्री लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहेकाे थियाे ।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया