डोनाल्ड ट्रम्प विरुद्ध राष्ट्रपति पदमा र्‍यापर गायक कान्ये वेष्टले उम्मेदवारी दिने

  •   काभ्रे
  •   २२ असार २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

एजेन्सी, असार २२

अमेरिकाको राष्ट्रपति पदमा र्‍यापर गायक कान्ये वेष्टले उम्मेदवारी दिने बताएका छन् ।
आफू सन् २०२० को अमेरिकी राष्ट्रपति पदका लागि दौडमा रहेको चर्चित र्‍यापर कान्ये वेष्टले जानकारी दिएका हुन् ।
आफूले प्रशंसा गर्ने व्यक्ति डोनाल्ड ट्रम्पविरुद्ध नै आफ्नो उम्मेदवारी हुने भएको पनि उनले उल्लेख गरे ।


उनको उम्मेदवारीलाई उनकी सेलिब्रेटी श्रीमती किम कार्दशियन वेष्ट र उद्यमी एलोन मस्कले समर्थन गरेका छन् ।


आफू संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि दौडमा रहेको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिँदै उनले भने अमेरिकीसमक्ष दिएका बाचाहरु पूरा गर्ने समय आएको बताएका छन् ।
कान्ये के साच्चिकै राष्ट्रपति पदका लागि मैदानमा उत्रने छन् भन्नेमा भने धेरैले आशंका गरेका छन् । ह्वाइटहाउसका लागि आफ्नो दावी रहेको उनले यो पहिलो पटक भनेका होइनन् ।
सन् २०१५ को एमटीभी म्युजिक अवार्डमै

उनले २०२० का लागि राष्ट्रपति पदमा उम्मेदवारी दिन घोषणा गरेका थिए ।
र्‍यापर गायक कान्ये वेष्टले अमेरिकी राष्ट्रपति पदमा चुनाव जितेमा उनकी सेलिब्रेटी पत्नी किम कार्दशियन भने पहिलो महिला बन्नेछिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *