डिएसपी खनालको सफलता -भरुवा बन्दुक सहित ऋषिराम थारू पक्राउ

  •   काभ्रे
  •   २९ फाल्गुन २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

डिएसपी खनालको सफलता -भरुवा बन्दुक सहित ऋषिराम थारू पक्राउ

अत्याधुनिक हातहतियार सहित राप्ती सोनारी ५ जबरपुरबाट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको विशेष टोलीले माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता ॠषिराम थारुलाई उनकै घरबाट पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएस्पी रबिन्द्र खनालको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले शनिबार बिहान ९ बजे थारुको घरमा छापा मारेको थियो । थारुलाई पक्राउ गर्न पुगेको प्रहरीले उनको घरबाट अत्याधुनिक हतियार समेत बरामद गरेको जनाएको छ ।

प्रहरीले उनको घरबाट २ थान भरुवा बन्दुक, छोरा ओमप्रकाश थारुको घरबाट १ थान बारबोर बन्दुक र उनका भाई लालबहादुर थारुको घरबाट १ थान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद १ किलो, सटगनमा लाग्ने खोका ५० वटा र सटगण जेगिराउन्ड १ थान बरामद गरेको जनाएको छ ।

त्यसैगरी ३ थान जरायोको सिंह, बदेलको दात १० वटा, चितलको दात ४ वटा र दुम्सिको प्वाँख समेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका थारु २०७४ सालको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट गाउँपालिका अध्यक्ष र बाँके १ नम्बर निर्वाचन क्षेत्र क बाट प्रदेश संसदको उम्मेदवार बनेका थिए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका खनालको नेतृत्वमा पछिल्लो समय विभिन्न अपराधिक गतिविधि बिरुद्ध प्रहरीले अप्रेशन संचालन गर्दै आएको छ । सोही अप्रेशन अन्तर्गत शनिबार ठुलोमात्रामा सहितयार सहित माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेतालाई पक्राउ गर्न सफल भएको ईप्रका कोहलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *