
ललितपुरकाे एकान्तकुना चोकमा ट्राफिक प्रहरीले सरकारी नम्बर बा १ झ ५९०८ को गाडीलाई अहिले १२:३० बजे होल्डमा राखेको भेटियो ।
सरकारले सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने नियम बनाएको छ । यी सवारीसाधन सरकारले तोकेको समयअवधि भन्दा पछि चलेमा ट्राफिक प्रहरीले होल्डमा राखिनेछ ।
कार्यालय आउजाउको लागि सरकारले तोकेको निश्चित समयअवधि भन्दा पछि चल्ने सवारी साधन निजी होस् या सरकारी ट्राफिक प्रहरीले होल्ड गरेर राख्ने गरेको छ। ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले नियम कानुन सबैलाई बराबरी लागु हुने बताउनुभयो ।
कोरोना महामारीमा अटेर गरी हिँड्ने सवारी साधनलाई होल्ड गरिने प्रमुख भट्टराईले बताए । तर, यस्तो भयावह स्थिति हुँदा केही सरकारी गाडी आफैं अटेर गरी हिँडेको पाइएको छ ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न