ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउने चालकलाई प्रशिक्षण दिन शुरु/चितवन

  •   काभ्रे
  •   २ चैत्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउने चालकलाई वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनले प्रशिक्षण दिन शुरु गरेको छ । आइतबारदेखि शुरु गरिएको सो अभियान वाग्मती प्रदेशका १० जिल्लामा लागू गरिएको वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिनुभयो । अभियानअन्तर्गत मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, तीव्र गतिमा सवारी साधन चलाउने, जथाभावी ओभरटेक गर्ने तथा लेन अनुशासन उल्लङ्घन गरी सवारी साधन चलाउने चालकलाई प्रशिक्षण दिइनेछ ।

त्यस्तै पार्किङ निषेधित क्षेत्रमा सवारी साधन पार्किङ गर्ने, सवारी साधन दुर्घटना गराउने, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी साधन चलाउने तथा मोटरसाइकलको साइलेन्सर पाइपसहित स्वरूप परिवर्तन गरी चलाउने, ट्राफिक चेकिङबाट दोषी देखिएका सवारी साधनका चालक तथा सहचालकलाई उनीहरूको कागजात फिर्ता दिनुपूर्व अनिवार्य ट्राफिक प्रशिक्षणको कक्षामा सहभागी हुनुपर्ने व्यवस्था मिलाइएको श्रीमलले बताउनुभयो ।

अभियानअन्तर्गत आइतबारमात्रै चितवन जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउने ४२ चालक÷सहचालकलाई तीन घण्टा ट्राफिक शिक्षा प्रदान गरिएको भन्दै यसलाई नियमितरुपमा सञ्चालन गर्ने बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख शान्तिराज कोइराला ले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *