राजेश तिमल्सिना

मकवानपुर प्रहरीले १९८ किलो लागु औषध गाँजा सहित मानिस र तेल ट्याङकर पक्राउ गरेकाे छ ।
मकवानपुर जिल्ला , हेटौडा उप-महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टमा गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको चेकिङ टोलीले मिति २०७७।०३।२० गते शनिबार बिहान ०५:०० बजेको समयमा हेटौडा तर्फबाट बिरगंजतर्फ जाँदै गरेको ना ६ ख ६९७४ नं. को तेल बोक्ने ट्याङकरलाई रोकी चेकजाँच गर्दा गांजा फेला परेकाे छ ।

उक्त ट्याङकरको तेल राख्ने चेम्बरमा लुकाई छिपाई ल्याएको लागू औषध गाँजा १२८ किलो फेलापरेको हाे ट्याङकर चालक जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं. २३ बस्ने बर्ष २७ को एमामुल हक देवान र सोहि ट्याङकरमा सवार ऐ.ऐ. बस्ने बर्ष २४ को मोहरवान अंसारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बडाएकाे प्रहरी उपरिक्षक सुशील सिंहले जानकारी गराउनु भयाे ।
त्यस्तै अाज शनिवार १२:४५ बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ६ स्थित लोथर खोलाको गोरेटो बाटोमा ७० किलाे गांजा फेला पारेकाे छ ।

चितवन जिल्ला राप्ती न.पा. वडा नं.११ बस्ने बर्ष ३५ को शिव तामाङले बोकि ल्याएको प्लास्टिकको बोरामा चेकजाँच गर्दा लागु औषध गाँजा फेला परेको हाे । निज शिव तामाङलाई उक्त लागु औषध गाँजा सहित नियंत्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक सुशील सिंह राठाैरले जानकारी दिनुभयाे ।