टिकटक स्टार अन्सु वर्मा दिनदुखि सेवामा

  •   काभ्रे
  •   २२ असार २०७८, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

टिकटकको कमाइ दीन दुःखीलाई
टिकटक स्टार अन्सु वर्मा समाजसेवामा

अमर चन्द

टिकटक मार्फत भाइरल भएका अन्सु वर्मा सामाजिक मार्यमा समेत उतिकै व्यस्त रहेको पाइन्छ । टिकटक स्टार वर्मालाई अहिले सामाजिक कार्यमा भ्याइ नभ्याए छ ।

टिकटर स्टार वर्मालाई यति बेला सामाजिक सेवा भावको कार्यमा गरीव, असहाय तथा निमुखाको भोक टार्ने अभियानमा छन् । उनी जहाँ मानिसहरु खालि पेटले छट्पटाइरहेका भोकाहरु छन् उनीहह्रुको अन्नदाता बन्न पुगेका छन् । भोकको पीडा खपेर बाँच्न विवस निमुखाहरु खोजी गरी उनीहरुलाई राहत वितरण गरिरहेका छन् ।

दीन, दुःखी, असहाय भएको ठाउँमा पुगेर सहयोग गर्ने स्टार वर्माले हालै महेन्द्रनगरको एक वृद्धा आश्रममा पुगी वृद्धाहरुको मुहारमा खुसी छर्ने प्रयास गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जाल तथा टिकटकमा निकै नै लोकप्रियता कमाउन सफल नेपाली टिकटक स्टार वर्मा आजभोली गरीब निमुखाका लागि भगवान बनी दिनरात राहत वितरणमा खटिरहेका छन् ।
घन्टौ समय सम्म टिकटक लाईभ बसेर करोडौं टिकटकरहरुलाई लाईक, कमेन्ट्, फलोवर्स बढाउनुका साथै मनोरञ्जन प्रदान गरिरहेका वर्माले आफुमा भएको कलाले सबैलाई आकर्षित गर्न सफल भएका छन् । कहिले कोरोनाको कहर त कहिले बाढि पहिरो । यस्तै पीडामा गाँस वासको चरम कष्टकर जीवन बिताउन विवश असहाय तथा विपन्नहरुको पीडालाई मध्यनजर गर्दै अन्सुले राहत उपलब्ध गराउँदै आएका छन् । उनले दुखेका ती मन अनि ती दुखेका घाउहरुमा थोरै मात्रामा भए पनि मलमपट्टि लगाउने अठोट गरी यति बेला राहत वितरण कार्यमा तल्लिन भएको कुरा बताए ।

नेपालको सुदुरपश्चिम महेन्द्रनगर गड्डाचौकीमा रहेर हजारैको मन मुटुमा बस्न सफल अन्सु हेर्दा जति हसिलो सुन्दर देखिन्छन् मन पनि यति कै ठुलो भएको उनले गरेका सामाजिक महान कार्यहरुले थप पुष्टि गरेको छ ।
आगामी दिनहरुमा समाजसेवालाई निरन्तरता दिदै जाने उनको चाहना रहेको छ । हाल टिकटक नव कलाकारहरुका लागि राम्रो प्लेटफर्म बनेको र धेरैले राम्रो आम्दानीको श्रोत बनाउन सफल भएको पाईन्छ । सफल टिकटक युजर मध्ये हाल नेपालमा सबैभन्दा बढि १ (एक) करोड माथि कमाइ गरीसकेका वर्मा दैनिक ५–७ हजार भन्दा बढि आम्दानी किटकबाट नै गर्ने गरेको बताउँछन् । लाईभ बस्ने पनि आदत नै परेको कुरा समेत उनले सुनाए । टिकटकबाट हुने आम्दानी दीन दुःखीहरुको सेवामा खर्च गरेको वर्माले बताए ।

सबैलाई आदर अनि सम्मान गर्ने अन्सु आफू सफल हुनुमा सम्पूर्ण टिकटक युजरहरुको हात रहेको बताउँछन् । उनी देशमा भएको विषम परिस्थितिमा सबैले सबैलाई सहयोगी भावनाबाट अगाडि बढि आफु पनि बांचौ र अरुलाई पनि बचाऊ अभियानमा लाग्न समेत अपिल गर्दछन् । सेवा नै धर्म हो भन्ने कुरालाइ आत्मसाथ गर्दै दीन दुःखीको सेवा गर्न पाए भने आफ्नो लागि स्वर्ग नै यहि हो भन्ने लाग्ने वर्मा बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *