काठमाडौं–
एचपी ईन्टरटेन्मेटको आयोजनामा टिकटक स्टार अनलाईन प्रतिस्पर्धा आयोजना हुने भएको छ ।
घरमै बसेर देशका विभिन्न स्थानमा रहेका नव प्रतिभालाई अनलाइनबाट प्रतिस्पर्धा गराई विजेतालाई चलचित्रमा काम गर्ने अवसर सहित कार्यक्रम गर्न लागिएको आयोजक संस्थाले बताएको छ ।
प्रतिभा भएका तर अवसरबाट बन्चित प्रतिभाका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान ‘टिकटक स्टार’ बन्ने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताएका छन् ।
उनका अनुसार कोरोना भाइरस ९कोभिड(१९० ले विश्वभर पुराएको क्षति र लामो समय सम्मको बन्दाबन्दी तथा निषेधाज्ञापछि पनि जनजीवन कहिले सामान्य बन्छ भन्ने कुनै अनुमान लगाउन सकिने वातावरण नरहेको र नेपाली चलचित्र उद्योगका कामहरू पनि तत्काल सुरु गर्न सक्ने अवस्था नरहेकोले यो असामान्य अवस्थाको समयलाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट कार्यक्रम आयोजना गरिएको हो ।
अनलाईनबाटै प्रतियोगितामा भाग लिन सकिने र विजेताहरुले चलचित्र का काम गर्ने अवसरका साथै कार, स्कुटर लगायतका अन्य थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्नेछन् ।
कार्यक्रममा भाग लिने सहभागीले एचपी ईन्टरटेन्मेटको अनलाईन पोर्टल http://ppfilmy.com/ मा गएर दिएको निर्देशन अनुसार फर्म भरी भिडियो पठाउनु पर्नेछ ।
केही समयअघि उक्त संस्थाले नेपाली चलचित्र क्षेत्रमा केही नयाँ गर्न र नयाँ प्रतिभालाई फिल्म क्षेत्रमा आउन मौका दिनका लागि ‘स्क्रिप्ट राइटिङ कम्पेटिसन’ सम्पन्न गराएको थियो ।
जसका विजेताले नगद पाँच लाख रुपैया सहित अन्य विभिन्न आर्कषक पुरस्कारहरु प्राप्त गरेका थिए ।
याे भिडियाे हेन्नुहाेस :-
- BREKING NEWS
- TRENDING NEWS
- Uncategorized
- अन्तरवार्ता
- अन्तराष्ट्रिय
- अपराध्
- अर्थ
- खेलकुद्
- ब्लग
- मनोरन्जन्
- मुख्य
- राजनिती
- राशिफल्
- समाचार


- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश